ढोरपाटन (बागलुङ), ४ असारः सडकको पहुँच पुगेको २८ वर्षपछि काठेखोलाको डुडियामा पक्की पुल निर्माण भएको छ । उक्त पुल बनेपछि त्यस क्षेत्रमा अब बाह्रै महिना सवारीसाधनको पहुँच सुनिश्चित भएको छ । गण्डकी प्रदेश सरकारको लगानीमा २० मिटर लम्बाइ र ८.४० मिटर चौडाइको त्यो पुल निर्माण भएको हो । पुलले काठेखोला गाउँपालिका–२ भिमापोखरा र वडा नम्बर ४ तंग्राम जोडेको छ । प्रदेश सरकारको रु तीन करोड ६२ लाख २२ हजार लागतमा...










