महिला समितिले बालसुधार गृह र वृद्धाश्रमको अनुगमन गर्दै

काठमाडौँ, ४ असारः प्रतिनिधिसभा, महिला तथा सामाजिक मामिला समितिले बालगृह, हिंसा प्रभावित महिलाका लागि सञ्चालित सेवा केन्द्र र वृद्धाश्रमको स्थलगत अनुगमन गर्ने भएको छ ।

समितिको आजको बैठकले ती संस्थाको स्थलगत अनुगमनपछि आवश्यक सुधारका लागि सुझावसहितको प्रतिवेदन तयार गरिने सभापति आकृति अवस्थीले बताउनुभयो ।

समिति सचिव इन्द्रविलास पौडेलले असार १० गते देखि १४ गतेसम्म तीन वटा टोली बनाएर देशका विभिन्न भागमा सञ्चालित बालसुधार गृह र हिंसा प्रभावित महिलाका लागि स्थापना गरिएका सेवा केन्द्र अनुगमन गरिने जानकारी दिनुभयो ।

समितिले बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा रहेका बालसुधार गृहसहित ती संस्थाको अनुगमन गर्न लागेको हो ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।