Author

Srijana Puri

S

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

चितवन, १० असारः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा सहभागी हुन यहाँ आउनुभएका प्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता वालेन्द्र शाह काठमाडौँ फिर्ता हुनुभएको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार उहाँ आज बिहान ११ः३१ बजेको उडानद्वारा काठमाडौँ प्रस्थान गर्नुभएको हो । प्रधानमन्त्री शाहले पार्टीको महाधिवेशनको उद्घाटनसत्रमा आइतबार सम्बोधन गर्नुभएको थियो भने मङ्गलबारको बन्दसत्रमा...

तराईमा तापक्रम निरन्तर उकालोतिर, सतर्कता अपनाउन आग्रह

काठमाडौँ, १० असारः तराई क्षेत्रमा निरन्तर तापक्रम वृद्धि भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले तराई भेगका सर्वसाधारणलाई तातोबाट जोगिन र सावधानी अपनाउन आग्रह गरको छ । जल तथा मौसम विज्ञान विभागका प्रवक्ता विभूति पोखरेलले आगामी तीन दिनसम्म सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा तातो हावा चल्ने पूर्वानुमान गरिएको जानकारी दिँदै बागमती र गण्डकी प्रदेशमा पनि तापक्रम बढ्ने सम्भावना भएकाले...

दुग्ध उत्पादनलाई प्रोत्साहन गर्न किसानलाई अनुदान

त्रिवेणी (नवलपरासी), १० असारः कावासोती नगरपालिकाले दुग्ध उत्पादनलाई प्रोत्साहन गर्न किसानलाई उत्पादनका आधारमा अनुदान उपलब्ध गराएको छ । कावासोती नगरपालिका पशुपन्छी विकास उपशाखाका पशु विकास अधिकृत अच्युत आचार्यका अनुसार दुग्ध उत्पादन बढाउने उद्देश्यले नगरपालिकाले यहाँका किसानलाई चालु आर्थिक वर्षमा रु २८ लाख अनुदान उपलब्ध गराएको छ । नगरपालिकाले नगरका दुग्ध उत्पादक किसानलाई दूधमा प्रतिलिटर रु दुई...

बाँदरलाई ‘बन्ध्याकरण’ गर्ने

भोजपुर, १० असारः भोजपुरको पौवादुङमा गाउँपालिकाले बाँदर आतङ्क नियन्त्रण गर्न बाँदरलाई बन्ध्याकरण गर्ने भएको छ । सङ्घीय सरकारले बाँदर नियन्त्रणसम्बन्धी कार्यविधि तयार गरिरहेकै अवस्थामा गाउँपालिकाले सङ्घीय सरकारसँगको समन्वयमा यहाँका बाँदरलाई बन्ध्याकरण गर्न लागेको हो । गाउँपालिकाको मङ्गलबारदेखि सुरु भएको गाउँसभाको १९औँ अधिवेसनमार्फत आर्थिक वर्ष २०८३÷८४ को बजेट तथा कार्यक्रममा बाँदर नियन्त्रणका लागि...

एकतीस करोडभन्दा बढी राजस्व सङ्कलन

काँक्रेविहार (सुर्खेत), १० असारः कर्णाली प्रदेशका सुर्खेत, जुम्ला र चौरजहारी यातायात कार्यालयबाट चालु आर्थिक वर्षको ११ महिनामा रु ३१ करोड २३ लाख ५१ हजार ८७० राजस्व सङ्कलन भएको छ । प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका प्रवक्ता रमेश सुवेदीले सबैभन्दा धेरै यातायात व्यवस्था कार्यालय सुर्खेतले ११ महिनामा रु २६ करोड ७० लाख १५ हजार ३४४ राजस्व जम्मा गरेको बताउनुभयो । रुकुम–पश्चिमको...

आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

तानसेन (पाल्पा), १० असारः यहाँका महिला आत्मनिर्भर बन्ने उद्देश्यसहित सीप सिक्न थालेका छन् । स्थानीय सरकारको सहयोगमा उनीहरू प्रशिक्षणमा सहभागी भएका हुन् । विपन्न वर्ग तथा समुदायलाई लक्ष्य गरी स्थानीय सरकारले सीप विकाससम्बन्धी तालिम सञ्चालन गरेपछि उद्यम गरेर आत्मनिर्भर हुन उनीहरू प्रशिक्षणमा आकर्षित भएका हुन् । केही महिला सीप सिकेर स्वरोजगार बनेका छन् भने केही सीप सिकिरहेका छन् । तानसेन नगरपालिका–५...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

किस्पाङ (नुवाकोट), १० असारः प्रत्येक व्यक्तिमा अन्तर्निहत प्रतिभा प्रस्फुटन गरी व्यक्तित्व विकास गराउनु पनि विद्यालय शिक्षाको कार्यभारभित्र पर्छ । नेपाल सरकार, शिक्षा तथा खेलकुद मन्त्रालयमातहतको पाठ्यक्रम विकास केन्द्र, भक्तपुरले जारी गरेको ‘विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६ (दोस्रो संस्करण, २०७९)’ ले निर्धारण गरेका १२ उद्देश्यको दोस्रो बुँदामा ‘राष्ट्र र राष्ट्रियताको निर्माणमा...

असहायको उद्धारमा मानवसेवाश्रम सक्रिय

झापा, १० असारः यहाँस्थित मानवसेवा आश्रम असहायहरूको उद्धार र उपचारमा सक्रिय छ । निःसहायहरूलाई अस्पताल पुर्याउन तथा सडकमा वेवारिस भएकाको उद्धार गर्न दाताको दानबाट एउटा जिप खरिद गरिएको छ । मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा सञ्चालित आश्रमको झापा शाखामा हाल १०३ जना वृद्धवृद्धा आश्रित छन् । सडक मानव र सहयोगापेक्षीहरूलाई उद्धार गरी आश्रममा ल्याउन र आश्रममा रहेकाहरूलाई अस्पताल लैजान रु ३५ लाखमा जिप खरिद...

चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

काठमाडौँ, १० असारः नेपालबाट चोरी गरी अमेरिका पुर्‍याइएका नेपालका दुई वटा अमूल्य मूर्ति नेपाललाई फिर्ता गरिएको छ । न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासमा आज आयोजित विशेष हस्तान्तरण समारोहमा न्युयोर्कको सरकारी वकिलको कार्यालयले पद्मपाणी र नृत्यदेवीका मूर्तिको स्वामित्व औपचारिक रूपमा नेपाल सरकारलाई हस्तान्तरण गरेको हो । समारोहमा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूत दधिराम भण्डारी तथा म्यानहटन...

पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात

काठमाडौँ, १० असार : चालु आर्थिक वर्षको प्रथम ११ महिनामा रु २५ अर्ब ५५ करोड ९९ लाख १६ हजार बराबरका १० हजार ८४५ वटा विद्युतीय सवारीसाधन आयात भएका छन् । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा ५० किलोवाट क्षमतादेखि २०१ किलोवाट क्षमताका विभिन्न ढाँचाका विद्युतीय सवारीसाधन आयात भएका हुन् । उक्त अवधिमा रु पाँच अर्ब ६५ करोडबराबरका ५० किलोवाट क्षमताका तीन हजार ६८० वटा विद्युतीय वाहन...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।