प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

चितवन, १० असारः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा सहभागी हुन यहाँ आउनुभएका प्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता वालेन्द्र शाह काठमाडौँ फिर्ता हुनुभएको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार उहाँ आज बिहान ११ः३१ बजेको उडानद्वारा काठमाडौँ प्रस्थान गर्नुभएको हो ।

प्रधानमन्त्री शाहले पार्टीको महाधिवेशनको उद्घाटनसत्रमा आइतबार सम्बोधन गर्नुभएको थियो भने मङ्गलबारको बन्दसत्रमा सहभागी हुनुभएको थियो । महाधिवेशनबाट शाह वरिष्ठ नेता निर्वाचित हुनुभएको छ । यहाँ रहँदा उहाँले सौराहास्थित हात्ती प्रजनन केन्द्र र चितवन राष्ट्रिय निकुञ्जको भ्रमण गर्नुभएको थियो ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।