असहायको उद्धारमा मानवसेवाश्रम सक्रिय

झापा, १० असारः यहाँस्थित मानवसेवा आश्रम असहायहरूको उद्धार र उपचारमा सक्रिय छ । निःसहायहरूलाई अस्पताल पुर्याउन तथा सडकमा वेवारिस भएकाको उद्धार गर्न दाताको दानबाट एउटा जिप खरिद गरिएको छ ।

मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा सञ्चालित आश्रमको झापा शाखामा हाल १०३ जना वृद्धवृद्धा आश्रित छन् ।

सडक मानव र सहयोगापेक्षीहरूलाई उद्धार गरी आश्रममा ल्याउन र आश्रममा रहेकाहरूलाई अस्पताल लैजान रु ३५ लाखमा जिप खरिद गरिएको हो । जिप किन्न दाताले रु १६ लाख ३७ हजार ५५० प्रदान गरेका तथा बाँकी रकम अन्य माध्यमबाट व्यवस्थापन गरिएको आश्रमका संयोजक खगेन्द्र विश्वकर्माले बताउनुभयो ।

यसअघि आश्रमले उद्धार एवं उपचारका लागि एम्बुलेन्स र अन्य सवारीसाधन भाडामा लिने गरेको थियो ।

आश्रम बनाउन स्थानीय रामबहादुर र लक्ष्मी प्रधानले दुई बिघा १० कट्ठा जग्गा दान गर्नुभएको थियोभने भवन निर्माणमा रु एक करोड खर्च भएको जनाइएको छ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।