Author

Srijana Puri

S

नेपाल–कोरिया पर्यटन प्रवर्द्धन समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ, १८ असार : एजट्रेक डिजिटल सेफ्टी सिस्टमको प्रयोग गरी कृतिम बुद्धिमत्ता (एआई) मा आधारित ट्रयाकिङ तथा मूल्याङ्कन प्रणालीको माध्यमबाट पदयात्रा तथा पर्वतीय पर्यटनलाई पूर्वानुमान योग्य, जोखिम मुक्त र थप सुरक्षित बनाउने उद्देश्यले टे«किङ एजेन्सिज् एशोसिएशन अफ नेपाल (टान) र दक्षिण कोरियाको प्रविधिसम्बन्धी कम्पनी आइबिएल कम्पनी लिमिटेडका बीच आज समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा...

अन्तर्वार्ता : सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ, १८ असार : आमनिर्वाचनबाट झण्डै दुई तिहाइ बहुमत प्राप्त वर्तमान सरकारले सन्तुलित द्विपक्षीय सम्बन्ध सञ्चालन गर्ने र आर्थिक कूटनीति एवम् बहुपक्षीय सहकार्यलाई प्राथमिकतामा राखेको छ । यसकै आधारमा छिमेकी तथा मित्रराष्ट्रहरुसँगको वर्षौंदेखिको नेपालको सम्बन्धलाई सन्तुलित तथा आपसी हितका आधारमा अझ उचाइमा पु¥याउने, सहयोगका क्षेत्रहरूलाई विस्तार गर्ने र विश्वासको वातावरणलाई मजबुत बनाउने दिशामा काम...

बाँकेमा रोपाइँ गर्न आकाशे पानीकोभर

राँझा (बाँके), १८ असारः बाँकेमा पर्याप्त वर्षा नहुँदा यस वर्ष धान रोपाइँमा ढिलाइ भएको छ । बाँके जिल्लाको केही भू–भागमा सिक्टा सिँचाइ र भूमिगत पानीको प्रयोग गरी रोपाइँ गरिए पनि अधिकांश किसानले रोपाइँ गर्न सकेका छैनन् । आकाशेपानी परेपछि दुईदिनयता करिब १० प्रतिशत रोपाइँ भएको कृषि ज्ञान केन्द्र बाँकेकी सूचना अधिकारी वरिष्ठ कृषि प्रसार अधिकृत सुजिता शर्माले बताउनुभयो । मसिनो र मध्यम जातको धानको खेती...

जुम्लामा चट्याङमा परी रावतको मृत्यु

जुम्ला, १८ असारः जुम्लामा बुधबार साँझ परेको चट्याङमा परी हिमा गाउँपालिका–२ का १९ वर्षीय रवीन्द्र रावतको घटनास्थलमै मृत्यु भएको भएको छ । स्थानीय छोटा खर्क पाटनमा बुधबार साँझ एनसेल टावर नजिक परेको चट्याङमा भेडा गोठालो गएका रावतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब निरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिनुभयो । चट्याङ लागेर सोही वडाका २० वर्षीय बलबहादुर रोकाया र ३५ वर्षीय जगत...

स्थानीयवासीका सहयोगमा प्रहरी भवन पुनर्निर्माण

कास्की, १८ असारः पोखरा महानगरपालिका गगनगौँडास्थित वडा प्रहरी कार्यालयको भवन स्थानीयवासीको सहयोगमा पुनर्निर्माण गरिएको छ । गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट क्षतिग्रस्त बनेको भवन स्थानीय समुदायको सक्रियताबाट पुनर्निर्माण भर्ई हस्तान्तरण गरिएको छ । आन्दोलनको क्रममा क्षतिग्रस्त बनेको प्रहरी भवन स्थानीयकै पहलमा पुनः सञ्चालनयोग्य बनेपछि समुदाय र प्रहरीबीचको सहकार्यको उदाहरणका...

सवारीसाधनको ठक्करबाट युवकको मृत्यु

मध्यविन्दु (नवलपरासी), १८ असारः नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका–८ खरकट्टा जङ्गलस्थित पूर्व–पश्चिम राजमार्गमा अज्ञात सवारीसाधनको ठक्करबाट एक युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का अनुसार गए राति नम्बर नखुलेको सवारीसाधनले हुप्सेकोट गाउँपालिका–५ निवासी वर्ष २३ का तिलबहादुर राना मगरलाई ठक्कर दिएको थियो । दुर्घटनापछि गम्भीर घाइते अवस्थामा रहेका उहाँलाई...

असई विक मृत्यु प्रकरणः पूर्वसांसद महतोसहित छ जनालाई पाँच वर्ष कैद, तीन जनालाई जन्मकैद सजाय

जनकपुरधाम, १८ असारः प्रहरी सहायक निरीक्षक (असई) थमन विकको मृत्यु प्रकरणमा उच्च अदालत जनकपुरले प्रतिनिधिसभाका पूर्वसांसद लक्ष्मी महतो कोइरी र मधेस प्रदेशसभाका निलम्बित सदस्य अभिराम शर्मासहित छ जनालाई पाँच वर्ष कैदको सजाय तोकेको छ । उच्च अदालत जनकपुरका कामु मुख्यन्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले असई विकको मृत्यु प्रकरणमा पूर्वसांसद महतो, निलम्बित प्रदेशसभा...

जडीबुटीखेतीतर्फ भोजपुरका किसानको आकर्षण बढ्दो

भोजपुर, १८ असारः यहाँका किसानहरू पछिल्लो समय व्यावसायिक जडीबुटीखेतीतर्फ आकर्षित हुन थालेका छन्। परम्परागत अन्नबालीको तुलनामा जडीबुटीबाट राम्रो आम्दानी लिन सकिने सम्भावना देखिएपछि यहाँका किसानहरू नयाँ विकल्पको रूपमा यस खेतीतर्फ उन्मुख भएका हुन् । विशेषगरी जिल्लाका उच्च लेकाली तथा चिसो हावापानी भएका भू–भाग जडीबुटी उत्पादनका लागि उपयुक्त मानिँदै आएका छन् । यसले गर्दा यस क्षेत्रको सम्भावना अझै उजागर...

नमोबुद्धमा पानी प्रशोधन प्रणाली

काभ्रेपलाञ्चोक, १८ असारः काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–४ स्थित जनक माध्यमिक विद्यालयमा इजरायली ‘लगुना’ प्रविधिमा आधारित सौर्य–ऊर्जाचालित ‘अफ–ग्रिड’ पानी प्रशोधन तथा पुनःप्रयोग प्रणाली सञ्चालन गरिएको छ । नेपालकै पहिलो मानिएको यस परियोजनाले विद्यालयलाई जलवायुमैत्री प्रविधि, दिगो पानी व्यवस्थापन तथा कृषि नवप्रवर्तनको जीवित प्रयोगशालाकारुपमा स्थापित गर्ने अपेक्षासमेत गरिएको छ । काठमाडौँ...

पिरोमा ‘गुलियो’ खुसी

नारायणगढ (चितवन), १८ असारः स्वदेशमा सम्भावना नदेखेर रोजगारीको खोजीमा युवा पुस्ता विदेश पलायन भइरहेका बेला चितवनका एक अनुभवी किसानले भने माटोमै पसिना बगाएर आर्थिक समृद्धिको एउटा अब्बल उदाहरण प्रस्तुत गर्नुभएको छ । खैरहनी नगरपालिका–१०, समानपुरका किसान नवीनकुमार श्रेष्ठले शिक्षा संकायमा स्नातक (बीएड) उत्तीर्ण गरेपछि सुरु गरेको शिक्षण पेसा त्यागेर व्यावसायिक रूपमा गरेको पिरो खुर्सानीखेतीबाट अहिले...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।