जुम्लामा चट्याङमा परी रावतको मृत्यु

जुम्ला, १८ असारः जुम्लामा बुधबार साँझ परेको चट्याङमा परी हिमा गाउँपालिका–२ का १९ वर्षीय रवीन्द्र रावतको घटनास्थलमै मृत्यु भएको भएको छ ।

स्थानीय छोटा खर्क पाटनमा बुधबार साँझ एनसेल टावर नजिक परेको चट्याङमा भेडा गोठालो गएका रावतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब निरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिनुभयो । चट्याङ लागेर सोही वडाका २० वर्षीय बलबहादुर रोकाया र ३५ वर्षीय जगत रोकाया घाइते भएका हुनभएको छ । घाइतेक दुवैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । चट्याङमा परी केही भेडाबाख्रा मरेको भए पनि सङ्ख्या भने यकिन नभएकाले त्यसबारे अनुसन्धान तथा विवरण सङ्कलन भइरहेको जनाइएको छ ।

त्यस्तै चन्दननाथ नगरपालिका–१० बोहरागाउँस्थित सिद्धि गणेश सामुदायिक वनमा पनि हिजै परेको चट्याङमा परी १२ वटा खसी र बाख्रा मरेको पनि जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।