Author

Srijana Puri

S

एक महिनामा ८० हजार विदेशी पर्यटक मुस्ताङ भित्रिए

मुस्ताङ, १९ असारः सन् २०२६ को जुन महिनामा ८० हजार २५३ विदेशी पर्यटक मुस्ताङ भित्रिएका छन् । राष्ट्रिय प्रकृति संरक्षण कोष अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमका अनुसार सन् २०२६ को जुन महिनामा ७८ हजार ६७० जना सार्क राष्ट्रबाट र एक हजार ५८३ जना अन्य राष्ट्रका पर्यटक मुस्ताङ भ्रमणमा आएका हुन् । कूल भित्रिएका विदेशी पर्यटकमध्ये ९८ दशलमव ०२ प्रतिशत सार्क राष्ट्र तथा एक दशमलव ९७ प्रतिशत...

आज २५ अर्बको ऋणपत्र जारी हुँदै

काठमाडौँ, १९ असारः नेपाल राष्ट्र बैंकले आज रु २५ अर्ब बराबरको एकवर्षे ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४’ जारी गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज सूचना जारी गर्दै अनलाइन बोलकबोल प्रणालीमार्फत आज दिउँसो ३ः०० बजेसम्म बोलकबोल गरी ऋणपत्र जारी गरिने जनाएको हो । बोलकबोलबाट निर्धारण हुने ब्याजदरका आधारमा ऋणपत्र निष्कासन गरिने छ । सूचनाअनुसार ऋणपत्रको अवधि एक वर्ष रहनेछ भने साँवा...

किशोर–किशोरीलाई कुलतबाट जोगाउन विद्यालय स्वास्थ्य अभियान

सिमकोट (हुम्ला), १९ असारः पछिल्लो समय नेपालमा किशोर–किशोरी उमेर समूहमा लागुऔषध दुव्र्यसन, लैङ्गिक हिंसा, आत्महत्या तथा सामाजिक सञ्जालको दुरुपयोगका घटनामा वृद्धि हुँदै गएपछि हुम्लामा विद्यालयस्तरबाटै सचेतना फैलाउने अभियान सुरु गरिएको छ । यही उद्देश्यलाई आत्मसात् गर्दै जिल्ला स्वास्थ्य सेवा कार्यालय, हुम्लाअन्तर्गतको वन स्टप क्राइसिस म्यानेजमेन्ट सेन्टर (इऋःऋ) को आयोजनामा खार्पुनाथ गाउँपालिका–५...

आलेखः गौरव र पहिचान बन्दै हेटौँडाको सहिद स्मारक

बागमती, १९ असारः बागमती प्रदेशको राजधानी हेटौँडा उपमहानगरपालिका–११ स्थित सहिद स्मारक यतिखेर नेपालको गौरव र हेटौँडाको पहिचानका रुपमा चासो र चर्चा कमाएको छ । हेटौँडाको दर्शनीयस्थलका रुपमा स्थापित यो गन्तव्यले हेटौँडा आउने स्वदेशी एवं विदेशी पर्यटकलाई आकर्षित गरिरहेको छ । विभिन्न शैक्षिक संस्थाको अवलोकन भ्रमणसँगै व्यक्तिगत रुपमा हेटौँडामा घुम्न आउने पर्यटकका लागि पनि यो नछुटाउने गन्तव्यजस्तै...

औषधि आपूर्ति शृङ्खलामा सुधार गर्न निर्देशन

काठमाडौँ, १९ असारः औषधि व्यवस्था विभागले मुलुकमा औषधि आपूर्ति शृङ्खलामा सुधार गर्नका लागि ६ बुँदे निर्देशन जारी गरेको छ । औषधि व्यवस्था विभागका निमित्त महानिर्देशक शिवानी खड्गीले मुलुकमा औषधि आपूर्ति शृङ्खलामा सुधार गर्न र बजारलाई व्यवस्थित गर्न स्वदेशी औषधि उत्पादक, पैठारीकर्ता, थोक बिक्रेता तथा खुद्रा बिक्रेतालाई कार्यान्वयनका लागि सो निर्देशन जारी गरिएको बताउनुभयो । निर्देशनअनुसार सबै स्वदेशी...

तामुटारमा पक्की पुल निर्माण

भोजपुर, १९ असारः भोजपुरको उत्तरी क्षेत्रमा पर्ने षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकालाई जोड्ने तामुटारमा पक्की पुल निर्माण सम्पन्न भएपछि स्थानीयलाई सहज भएको छ । कोशी प्रदेश सरकार अन्तर्गत पूर्वाधार विकास कार्यालय भोजपुरको रु ६ करोड ३३ लाख लागतमा यहाँ पक्की पुल निर्माण सम्पन्न भएको हो । पक्की पुल नहुँदा वर्खामा खोलामा बाढी आउँदा आवतजावत पूर्ण रूपमा ठप्प हुने गरेको थियो । विशेषगरी बिरामीलाई...

बर्डफ्लु प्रभावित किसानलाई क्षतिपूर्तिका लागि ५० करोड निकासा

काठमाडौँ, १९ असारः कृषि, वन तथा वातावरण मन्त्रालयले बर्डफ्लुबाट प्रभावित किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन रकमान्तर गरेर पशुसेवा विभागलाई रु ५० करोड निकासा गरेको छ । मन्त्रालयले बर्डफ्लु पुष्टि भएका ११ जिल्लामा नष्ट गरिएका पन्छी, अण्डा तथा दानाको क्षतिपूर्ति वितरणका लागि उक्त रकम विभागलाई उपलब्ध गराएको हो । बर्डफ्लुबाट आर्थिक नोक्सानी बेहोरेका किसानलाई राहतस्वरुप क्षतिपूर्ति वितरण गर्न विभागले...

मेलम्चीको पानी आपूर्ति बन्द

काठमाडौँ, १९ असारः मेलम्ची खानेपानी आयोजनाको मुहानमा बाढी पसेपछि काठमाडौँ उपत्यकामा आपूर्ति भइरहेको पानी आजदेखि अस्थायी रूपमा बन्द भएको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का प्रवक्ता वीरबहादुर चन्दका अनुसार मेलम्चीको मुहानमा पानी धमिलो भएपछि प्रशोधन प्रक्रिया जटिल हुँदा मेलम्चीबाट सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा प्रवाह हुने पानीको आपूर्ति अस्थायी रूपमा रोकिएको हो । उहाँले भन्नुभयो...

विपन्न विद्यार्थी पढाउन अध्यक्ष विष्टद्वारा अक्षयकोष स्थापना

तुलसीपुर (दाङ), १९ असारः विपन्न वर्गका विद्यार्थीको अध्ययनमा सघाउन राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले राज्यकोषबाट आफूलाई प्राप्तहुने तलबभत्ताबाट अक्षयकोष स्थापना गर्नुभएको छ । आफ्नो पालिकाको सर्वोदय माध्यमिक विद्यालयमा अभिभावकविहीन, विपन्न तथा जेहेन्दार विद्यार्थीको शैक्षिक उत्थानका लागि रु एक लाख एक हजारको अक्षयकोष स्थापना गर्नुभएको विद्यालय व्यवस्थापन समितिले जनाएको छ । आफूलाई मासिक...

हरियाली प्रवर्द्धन गर्न छ लाख बिरुवा वितरण

राँझा (बाँके), १९ असारः यहाँस्थित डिभिजन वन कार्यालयले जिल्लामा हरियाली प्रवर्द्धन गर्न विभिन्न प्रजातिका छ लाख बिरुवा किसानलाई निःशुल्क वितरण थालेको छ । चालु आर्थिक वर्षमा विभिन्न प्रजातिका कुल छ लाख ७८ हजार १७२ बिरुवा उत्पादन गरी वितरण थालिएको उक्त कार्यालयका वरिष्ठ डिभिजनल वन अधिकृत शङ्करप्रसाद गुप्ताले राससलाई जानकारी दिनुभयो । यो वर्ष एकवर्षीय पाँच लाख ८८ हजार ८७२ र बहुवर्षीय ८९ हजार ३००...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।