विपन्न विद्यार्थी पढाउन अध्यक्ष विष्टद्वारा अक्षयकोष स्थापना

तुलसीपुर (दाङ), १९ असारः विपन्न वर्गका विद्यार्थीको अध्ययनमा सघाउन राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले राज्यकोषबाट आफूलाई प्राप्तहुने तलबभत्ताबाट अक्षयकोष स्थापना गर्नुभएको छ ।

आफ्नो पालिकाको सर्वोदय माध्यमिक विद्यालयमा अभिभावकविहीन, विपन्न तथा जेहेन्दार विद्यार्थीको शैक्षिक उत्थानका लागि रु एक लाख एक हजारको अक्षयकोष स्थापना गर्नुभएको विद्यालय व्यवस्थापन समितिले जनाएको छ ।

आफूलाई मासिक रुपमा प्राप्त हुने रु ३३ हजारबाट अक्षयकोष स्थापना गरिएको जानकारी दिँदै अध्यक्ष विष्टले भन्नुभयो, “ अभिभावकविहीन, विपन्न विद्यार्थी आर्थिक अभावका कारण आधारभूत शिक्षाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले कोष खडा गरेको हुँ ।”

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।