फिक्कल (इलाम), २६ असारः इलामको माङसेबुङ गाउँपालिका–२ मालबाँसेका किसान चन्द्रबहादुर राना मगरलाई यस वर्ष धानखेती गर्न समस्या छैन । वर्षौंदेखि आकासे पानीको भरमा धानखेती गर्दै आउनुभएका उहाँ यस वर्षदेखि पुरानो समस्याबाट मुक्त हुनुभएको हो । साना सिँचाइ कार्यक्रममार्फत गाउँमा पक्की कुलो निर्माण भएसँगै मालबाँसेका किसानको मुहारमा खुसी छाएको छ । “विगतमा आकासे पानीको पर्खाइमा नै बित्ने गर्दथ्यो, यस वर्षदेखि...










