राँझा (बाँके), २६ असारः खजुरा गाउँपालिका–५ उढरापुर निवासी ७५ वर्षीया दिलकुमारी रेग्मीका लागि सामान्य स्वास्थ्य परीक्षण गराउन पनि अस्पतालसम्म पुग्नु सहज थिएन । उमेरसँगै कमजोर हुँदै गएको शारीरिक अवस्थाका कारण उहाँलाई घर बाहिर निस्कनै कठिन थियो । तर, जब स्वास्थ्यकर्मीको टोली घरमै पुगेर स्वास्थ्य परीक्षण ग¥यो, उहाँले सरकार आफ्नै आँगनमा आएको अनुभूति गर्नुभयो । खजुरा– ६ निवासी ७८ वर्षीय सन्तबहादुर...










