Author

Srijana Puri

S

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौँ, २८ असारः स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा रु ६०० ले बढेको छ भने चाँदी रु ३५ ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुुन प्रतितोला रु दुई लाख ८८ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ४७५ कायम भएको छ । गत शुक्रबार छापावाल सुुन प्रतितोला रु दुई लाख ८७ हजार ४०० र त्यति नै परिमाणको...

विद्यार्थीलाई ज्ञानसँगै मौलिक संस्कृतिसँग जोड्दै समता विद्यालय

भोजपुर, २८ असारः विद्यार्थीहरूलाई पाठ्यपुस्तकमा मात्र सीमित नराखी जीवनोपयोगी ज्ञानसँगै मौलिक संस्कृतिसँग जोड्ने उद्देश्यले भोजपुरको समता स्कुलले सांस्कृतिक परम्परा संरक्षण तथा प्रवद्र्धनका लागि विशेष पहल थालेको छ । विद्यालयले विभिन्न कार्यक्रममार्फत विद्यार्थीहरूलाई स्थानीय कला, संस्कृति, परम्परा तथा जीवनशैलीबारे व्यावहारिक ज्ञान प्रदान गर्दै आएको छ । विद्यालयमा समय–समयमा सञ्चालन हुने सांस्कृतिक...

उदिपुरमा पहिरो नियन्त्रणपछि डुम्रे–बेँसीसहर यात्रा बर्खा पनि सहज

लमजुङ, २८ असारः सङ्घीय सरकारको रु ११ करोड १९ लाखको लागतमा डुम्रे–बेँसीसहर सडकअन्तर्गत उदिपुरमा पहिरो नियन्त्रणका संरचना बनेपछि बर्खायाममा पनि सवारी आवागमन सहज भएको छ । डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयका सूचना अधिकारी नवीन विष्टका अनुसार मस्र्याङ्दी नदीमा माइक्रो पाइल, नदी किनारमा संरक्षण पर्खाल, ४५ मिटर अग्लो र ८० मिटर लामो ग्याबिन जाली, ३०० मिटर सडक कालोपत्र तथा सडकमाथिको पहिरो क्षेत्रमा...

रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

धरान (सुनसरी), २८ असारः सुनसरीको रामधुनी सबडिभिजन वन कार्यालयले प्रत्येक वर्ष विभिन्न प्रजातिका करिब ३५ हजार बढी वनजन्य, नगदे तथा बहुवर्षीय बिरुवा उत्पादन गरी निःशुल्क वितरण गर्दै आएको छ । विसं २०७९ देखि सञ्चालनमा ल्याइएको नर्सरीमा उत्पादन गरिएका बिरुवाको माग बर्सेनि बढ्दै गएको कार्यालयले जनाएको छ । सबडिभिजन वन कार्यालय रामधुनीका वन सहायक काजी आचार्यका अनुसार नर्सरीमा खयर, ज्याकाराण्डा, बेल...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ, २८ असारः कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु १२, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु २२, आलु रातो (लाम्चो) प्रतिकिलो रु ४६, आलु रातो (गोलो) प्रतिकिलो रु ४३, आलु रातो (मुढे) प्रतिकिलो रु ४४, आलु रातो (भारतीय) प्रतिकिलो रु ३२, सेतो आलु...

उद्यमीदेखि प्रशिक्षकसम्मको यात्रा

हेटौँडा (मकवानपुर), २८ असारः हेटौँडा–५ पिप्लेकी विष्णुकुमारी राईलाई १२ वर्षअघि समाजले एउटा सामान्य गृहिणीभन्दा बढी केही ठानेको थिएन । अहिले अवस्था फेरिएको छ । त्यही समाजले काठका सामग्री बनाउन, सीप सिकाउन र उद्यम सञ्चालनका लागि उहाँकै सहयोग खोज्छ । सामान्यतया कामकाजी भन्नेबित्तिकै सफा पोशाक, सुविधासम्पन्न कार्यालय, कम्प्युटर, फाइल र मासिक तलबको कल्पना गरिन्छ । तर विष्णुकुमारीको कार्यस्थल भने काठको...

मनसुन सक्रियः केही क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं, २८ असारः देशभर मनसुन वायुको प्रभाव कायम रहँदा आगामी दुई दिन केही प्रदेशका पहाडी तथा तराई क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै जल तथा मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ । महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि र पूर्वमा नेपालको तराई भूभाग नजिक रहेको छ । यसको प्रभावका कारण देशभर सामान्यदेखि पूर्ण बदली भएको...

वनफूलले सिँगारिएको ढोरपाटन

ढोरपाटन (बागलुङ), २८ असारः समथर मैदानमा फूलेका थरिथरिका फूल । कतै राता, कतै पहेँला, गुलाबी त कतै बैजनी रङका फूलले यतिबेला यो ढोरपाटन उपत्यका चिटिक्क सिँगारिएको छ । चारैतिर अग्ला पहाडले घेरिएको उपत्यका बर्खायाममा निकै मनमोहक देखिन्छ । फूलैफूलले ढाकिएको ढोरपाटनसँग साइनो गाँस्न दिनहुँ आन्तरिक पर्यटक ढोरपाटन आउने गरेका छन् । नेपालको एकमात्र सिकार आरक्ष क्षेत्र पर्ने ढोरपाटनमा पछिल्लो तीन वर्षयता...

ओझेलमा ‘राजाकोट’

तुलसीपुर (दाङ), २८ असारः दङ्गीशरण गाउँपालिका–२ स्थित राजाकोट ऐतिहासिक ठाउँ भए पनि ओझेलमा परेको छ । यो ठाउँ पर्यटकीय हिसाबले पनि सम्भावना बोकेको ठाउँ हो । त्यहाँबाट जिल्लाका सबै भूभाग देखिन्छन् भने सिस्ने हिमाल, पुथा हिमाल, माछापुच्छ्रेसहितका विभिन्न हिमालशृङ्खला देखिने भएकाले पनि पर्यटकीय सम्भावना बोकेको छ । स्थानीय मदन घर्तीका अनुसार त्यहाँबाट बबई नदी, राप्ती नदी, बाँकेका विभिन्न भूभागको...

किसानलाई अनुदानमा कृषि सामग्री वितरण

त्रिवेणी (नवलपरासी), २८ असारः नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिकाले यहाँका किसानलाई रु ९२ लाख मूल्यबराबरको कृषि सामग्री अनुदानमा वितरण गरेको छ । कृषि क्षेत्रको प्रवर्द्धन गर्दै उत्पादनलाई वृद्धि गर्ने उद्देश्यले आधुनिक कृषि सामग्री वितरण गरिएको कृषि विकास शाखाका देवचुलीका प्रमुख गगन भट्टराई बताउनुभयो । देवचुली नगरपालिकाले कृषि नवप्रवर्द्धन साझेदारी परियोजनामार्फत किसानलाई...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।