काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले सञ्चार गृह तथा अन्य स्थानमा गाडी राखेर अवरोध सिर्जना गर्ने कार्यप्रति कडा आपत्ति जनाएका छन् । सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले यस्तो कार्यमा संलग्न जोसुकै भए पनि उनीहरूमाथि निष्पक्ष अनुसन्धान गरी कानुनबमोजिम कारबाही गर्नुपर्ने बताएका छन् । झाले राज्यको दायित्व नागरिकको चिन्ता र समस्या समाधान गर्नु भएको उल्लेख गर्दै...










