काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ सरकारले एकैपटक धेरै काम अघि बढाउनुभन्दा देशका प्रमुख समस्या समाधानमा केन्द्रित हुन सुझाव दिएका छन् । सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले एकैचोटि धेरै लक्ष्य पछ्याउँदा कुनै पनि लक्ष्य प्रभावकारी रूपमा हासिल गर्न नसकिने बताएका छन् । उनले सरकारलाई प्राथमिकता स्पष्ट बनाउन आग्रह गर्दै भनेका छन्- ‘एकैचोटि धेरै चरा मार्न खोज्दा...










