प्रतिनिधि सभाका दुई समितिको बैठक बस्दै

काठमाडौँ । आज प्रतिनिधि सभाका दुई समितिको बैठक बस्दैछ । आज अर्थ समिति र कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्न लागेको हो ।

बिहान साढे ९ बजेदेखि शुरु हुने अर्थ समितिको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि सरोकारवाला संघसंस्थाहरुसँग छलफलको कार्यसूची रहेको छ । आजको बैठकमा नेपाल बैङ्कर्स संघ र बैङ्क तथा वित्तीय संस्था परिसंघ नेपालका अध्यक्षसँग छलफल हुने समितिले जनाएको छ ।

त्यस्तै बिहान ९ बजेदेखि शुरु हुने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बाल सुधार गृहमा रहेका बालबालिकाहरुको मानव अधिकारको अवस्थासम्बन्धि निरिक्षण तथा अवलोकन उपसमितिबाट समितिमा पेश भएको प्रतिवेदन २०८३ उपर महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयसँग छलफलको कार्यसूचि रहेको समितिले जनाएको छ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।