Author

Srijana Puri

S

चितवन दुर्घटना: घाइतेको संख्या बढेर ३३ पुग्यो

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–६ जलबिरे नजिक मुग्लिङ–नारायणगढ सडकखण्डमा आइतबार बिहान दुई यात्रुवाहक बस र एउटा ट्रक एकापसमा ठोक्किँदा घाइते हुनेको संख्या ३३ पुगेको छ । बिहान काठमाडौंबाट दाङतर्फ जाँदै गरेको लु.प्र.०३–००१ ख ०५०५ नम्बरको बस, सर्लाहीबाट काठमाडौतर्फ आउँदै गरेको म.प्र.०३–००२ ख ७३२ नम्बरको बस र सोही दिशाबाट पछाडि आउँदै गरेको बा.प्र.०३–००१ ख १६७१ नम्बरको ट्रक एकापसमा ठोक्किँदा...

अपवित्र साँठगाँठतर्फ नलाग्न झलनाथ खनालको आग्रह

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले अहिलेको राजनीतिक परिस्थितिमा अपवित्र साँठगाँठमा नलागी सही कार्यदिशाका आधारमा पार्टीलाई पुनर्गठन र रूपान्तरण गर्नुपर्ने बताएका छन् । आइतबार सार्वजनिक गरेको आफ्नो धारणा मार्फत उनले नवनिर्वाचित प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार गठनपछि मुलुकका ज्वलन्त समस्या समाधान हुने जनअपेक्षा विपरीत राष्ट्रियता, राष्ट्रिय...

सुनमा १९ सय र चाँदीमा ४० रुपैयाँ वृद्धि

काठमाडौं, ०३ साउन । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुन र चाँदी दुवैको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको नयाँ मूल्यसूचीअनुसार सुनको भाउ प्रतितोला १ हजार ९ सय रुपैयाँले वृद्धि हुँदै २ लाख ८४ हजार रुपैयाँ पुगेको हो। यसअघि शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ८२ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो। एकै दिनमा उल्लेख्य वृद्धि भएपछि सुनको मूल्य पुनः उच्च...

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ६ को मृत्यु, १२३ जना घाइते

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ६  जनाको मृत्यु भएको छ भने १२३ जना घाइते भएका छन् । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा गण्डकीमा २ जनाको मृत्यु भएको छ भने मधेश, बागमती, लुम्बिनी र काठमाडौँ उपत्यकामा एक एक जनाको मृत्यु भएको छ । त्यस्तै देशभर भएका दुर्घटनामा १२३ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा २३ जना घाइते भएका छन् भने काठमाडौँ...

ट्रम्पको हस्ताक्षरको कुनै विश्वसनीयता छैन- मोज्तबा खामेनी

काठमाडौँ । इरानका सर्वोच्च नेता मोज्तबा खामेनीले अमेरिकाले हालै भएको शान्ति सम्झौताको उल्लङ्घन गरेको आरोप लगाउँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हस्ताक्षरको कुनै विश्वसनीयता नरहेको बताएका छन् । राष्ट्रका नाममा जारी सन्देशमा उनले अमेरिकाले सम्झौता तोडेर आफ्नो वास्तविक चरित्र उजागर गरेको दाबी गरेका छन् । उनका अनुसार अमेरिकाको व्यवहार झुट, अविश्वसनीय र अन्तर्राष्ट्रिय प्रतिबद्धताविपरीत रहेको...

म्याग्दी मालिकाको बिम गाउँमा पाथीभरा माताको मन्दिर स्थापना

काठमाडौँ। म्याग्दी मालिका गाउँपालिका-७ बिम गाउँमा पाथीभरा देवीको मन्दिर स्थापना भएको छ। पाथीभरा आयुर्वेद अस्पताल काठमाडौँका चिकित्सक बीपी तिम्सिनाको अगुवाइमा मन्दिर स्थापना भएको हो। उक्त ठाउँको ‘गुरुचेला धुरी’को नाममा चर्चित डाँडामा तिम्सिनाले पाथीभरा मन्दिर स्थापना गरेका हुन्। उक्त मन्दिर असार २५ देखि सञ्चालनमा आएको छ। २६ असारमा प्राढप्रतिष्ठा र २७ गते विशेष पुजा ‘हवन’ गरी मन्दिर सञ्चालनमा...

विश्वकपमा सर्बाधिक १० गोल भन्दा बढी गर्ने यी हुन १७ खेलाडी (सुचीसहित)

काठमाडौं, ३ साउन । फिफा विश्वकपमा फ्रान्सका किलियन एम्बाप्पेले सर्बाधिक १० गोलसहित कुल गोल संख्या २२ पुरयाएर अहिलेसम्मका सबै रेकर्ड तोडन सफल भएका छन् । फ्रान्सका २७ बर्षे स्ट्राइकर एम्बाप्पेले यो उमेरमा बनाएको रेकर्ड सम्भवतः अब अर्जेन्टिनका लियोनेल मेस्सीले बाहेक अरूले तोडन सक्दैन्, त्यो पनि आज हुने फाइनल खेलमा मेस्सीले २ गोल गरेको खण्डमा मात्रै उनको रेकर्ड तोडिनेछ । र, सम्भवतः मेस्सी यो...

फिफा विश्वकप २०२६ को फाइनल एनटीभी प्लसबाट निःशुल्क प्रत्यक्ष प्रसारण हुने

काठमाडौँ, ०३ साउन । नेपाली फुटबल समर्थकले फिफा विश्वकप २०२६ को फाइनल खेल निःशुल्क रूपमा हेर्न पाउने भएका छन्। नेपाल टेलिभिजनको एनटीभी प्लस च्यानलले आज राति हुने विश्वकपको उपाधि भिडन्त प्रत्यक्ष प्रसारण गर्ने भएको हो। सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिम्सिनाले सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिँदै विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिताको फाइनल खेल अतिरिक्त शुल्कबिनै एनटीभी प्लसबाट...

प्रदेशमा तिनै दल एमाले, कांग्रेस र नेकपा मिलेर सरकार बन्दैन- गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रमुख तीन दल मिलेर प्रदेशमा सरकार नबनाउने स्पष्ट गरेका छन् । आइतबार कृष्णप्रसाद भट्टराईको सालिक अनावरण समारोहलाई सम्बोधन गर्दै सभापति थापा एमाले, कांग्रेस र नेकपाबीच प्रदेशमा गठबन्धन नबन्ने स्पष्ट गरेका हुन् । परिणाम के हुन्छ मलाई थाहा छैन तर सैद्धान्तिक रुपमा हिजो हामीले गल्ति गर्यौं अब काँग्रेसले गल्ति गर्दैन । अहिले प्रदेशमा तिन दल मिलेर सरकार...

विश्वकपको रौनकमा स्पेनको शाही परिवार, फाइनल हेर्न स्टेडियम जादै

काठमाडौँ । फिफा विश्वकपको उपाधिका लागि आजराति हुने अर्जेन्टिना र स्पेनबीचको बहुप्रतीक्षित फाइनल खेल हेर्न स्पेनको शाही परिवार अमेरिकाको न्यू जर्सी पुग्ने भएको छ । स्पेनको शाही दरबारका अनुसार राजा फेलिप छैटौँ, रानी लेतिसिया तथा राजकुमारी लियोनोर र सोफिया फाइनल खेल प्रत्यक्ष हेर्न मैदानमा उपस्थित हुनेछन् । स्पेनले दोस्रो पटक विश्वकप उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिँदा शाही परिवारको उपस्थितिले...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।