प्रदेशमा तिनै दल एमाले, कांग्रेस र नेकपा मिलेर सरकार बन्दैन- गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रमुख तीन दल मिलेर प्रदेशमा सरकार नबनाउने स्पष्ट गरेका छन् ।

आइतबार कृष्णप्रसाद भट्टराईको सालिक अनावरण समारोहलाई सम्बोधन गर्दै सभापति थापा एमाले, कांग्रेस र नेकपाबीच प्रदेशमा गठबन्धन नबन्ने स्पष्ट गरेका हुन् ।

परिणाम के हुन्छ मलाई थाहा छैन तर सैद्धान्तिक रुपमा हिजो हामीले गल्ति गर्यौं अब काँग्रेसले गल्ति गर्दैन । अहिले प्रदेशमा तिन दल मिलेर सरकार बनाउनु पर्ने सुझाव आइरहेको छ । काँग्रेसले त्यसो गर्दैन । तीन दल मिल्दा प्रदेश प्रतिपक्ष विहिन हुन्छ ।’   

उनले एउटासँग चुनावमा गठबन्धन गरेर अर्कोसँग सत्ता सञ्चालन गरेकाले पनि कांग्रेसले ठूलो मूल्य चुकाएको बताए । 

उनले कांग्रेसले प्रदेशमा कुनै कम्प्रमाइज नगर्ने बताए । उनले अब कांग्रेसका नेताहरुले सोच बदलेर अगाडि बढ्नुपर्ने बताए ।

अहिलेको काँग्रेसको नेतृत्वले बदल्ने भनेको सोच्ने तरिका हो भन्दै मुस्किल समयमा विपी कोइराला,  गणेशमान र किसुनजीले पार्टी चलाएको जस्तो गरि पार्टीलाई अगाडी बढाउने बताए ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।