Author

Srijana Puri

S

अमेरिका-साउदी अरेबियाबीच ऐतिहासिक आणविक ऊर्जा सम्झौता

काठमाडौँ । अमेरिका र साउदी अरेबियाले नागरिक प्रयोजनका लागि आणविक ऊर्जा विकास गर्ने उद्देश्यसहित ऐतिहासिक सहकार्य सम्झौतामा हस्ताक्षर गरेका छन् । अमेरिकी ऊर्जा विभागका अनुसार यो सम्झौताले साउदीको आणविक ऊर्जा कार्यक्रममा अमेरिकी कम्पनीहरूको दीर्घकालीन सहभागिताको बाटो खोल्नेछ । अमेरिकी ऊर्जा विभागले यससँगै दुई देशबीच आणविक सुरक्षा तथा निगरानीसम्बन्धी अर्को द्विपक्षीय सम्झौतासमेत भएको जनाएको छ । यी...

‘जन नायकन’ प्रदर्शनमा, थलापति विजयका समर्थकले उत्सवझैँ मनाए खुसी

काठमाडौँ । दक्षिण भारतीय अभिनेता तथा तमिलनाडुका मुख्यमन्त्री थलापति विजय अभिनीत चलचित्र ‘जन नायकन’ बिहीबारदेखि प्रदर्शनमा आएको छ । निर्धारित मितिभन्दा करिब सात महिनापछि प्रदर्शनमा आएको यो चलचित्रलाई विजयका समर्थकहरूले उत्सवकै रूपमा स्वागत गरेका छन् । समाचार संस्था पीटीआईका अनुसार चलचित्र प्रदर्शनको अवसरमा तमिलनाडुका विभिन्न सहरका चलचित्र हलहरूमा विशेष सांस्कृतिक कार्यक्रम आयोजना...

फ्रान्समा किसानलाई विषादीको प्रयोगको अनुमति दिने विधेयक पारित भएपछि विवाद

काठमाडौँ । फ्रान्समा विवादास्पद कृषि विधेयकमा विवाद भएको छ । उक्त विधेयकमा यसअघि प्रतिबन्ध लगाइएका दुई प्रकारका विषादीको प्रयोगलाई अस्थायी रूपमा अनुमति दिने व्यवस्था समावेश भएपछि विवाद बढेको हो । वैज्ञानिकहरूले ती विषादी मौरी तथा परागसेचन गर्ने अन्य कीराका लागि हानिकारक हुने चेतावनी दिएका छन् । फ्रान्सको संसद्ले मङ्गलबार उक्त विधेयक पारित गरेको थियो । माथिल्लो सदनले २१४ मतको समर्थन र १११ मतको...

प्रधानमन्त्री शाहले अर्ग्यानिक उत्पादन व्यवसायीहरुसँग छलफल गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल अर्ग्यानिक संघका पदाधिकारी तथा व्यवसायीहरुसँग छलफल गर्ने भएका छन् । आज बिहान साढे ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको हो ।  छलफलमा संघका अध्यक्ष दीपक बास्कोटा, उपाध्यक्ष प्रेम लामा तथा गोर्खा टि इस्टेटका अध्यक्ष उदय चापागाईं, हिमालयन सांग्रिला टि फ्याक्ट्रीका...

‘पेपर लिक’ घटनामा कारबाही गर्न फस्ट ट्रयाक अदालत गठन गर्ने मोदीको घोषणा

काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ‘पेपर लिक’ का घटनामा संलग्न दोषीलाई कडा कारबाही गर्न फस्ट ट्रयाक अदालत गठन गरिने घोषणा गरेका छन् । सामाजिक सञ्जालमार्फत मोदीले देशका युवाको हित र भविष्य सरकारको सर्वोच्च प्राथमिकतामा रहेको उल्लेख गरेका छन् । उनले प्रश्नपत्र चुहावटका सबै घटनामा दोषीलाई सकेसम्म छिटो कडा सजाय दिलाइने र त्यसका लागि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया अघि...

राष्ट्रिय स्वाधीनता र प्राप्त उपलब्धिहरु संकटमा पारियो- प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले देशलाई निरङ्कुशता तर्फ लैजाने प्रयास भइरहेको बताएका छन् । पुष्पलालको ४८औं स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले अहिले उपलब्ध प्राप्ति र सकारात्मक विषयमाथि प्रहार भइरहेको बताउदै देशलाई अराजकता र निरङ्कुशतातर्फ लैजाने प्रयास गरिएको बताएका हुन् । प्रचण्डले फेरी एक पटक प्रतिगमनविरुद्ध सबै एक भएर आन्दोलित...

शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले शैक्षिक परामर्श (एजुकेसन कन्सल्टेन्सी) क्षेत्रका समस्या, चुनौती र नीतिगत सुधारका विषयमा आज सरोकारवालासँग छलफल गर्ने भएको छ। सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलको उपस्थितिमा मन्त्रालयमा हुने छलफलमा शैक्षिक परामर्श क्षेत्रसँग आबद्ध विभिन्न संघ–संस्थाका पदाधिकारी तथा प्रतिनिधिहरू सहभागी हुनेछन् । मन्त्रालयका अनुसार शैक्षिक परामर्श क्षेत्रलाई...

टाइटानिक डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने

काठमाडौँ । विश्वप्रसिद्ध समुद्री जहाज टाइटानिक डुब्नुअघि एक प्रथम श्रेणीका यात्रुले लेखेको दुर्लभ पत्र ११४ वर्षपछि सार्वजनिक भएको छ। बेलायतमा लिलामीका लागि राखिएको उक्त पत्रबाट जहाज दुर्घटनाअघि यात्रुको अनुभव र धारणा झल्किएको छ । पत्रको मूल्य ४७ हजार अमेरिकी डलरभन्दा बढी पुग्ने अनुमान गरिएको छ । यो पत्र सन् १९१२ को अप्रिलमा टाइटानिकका प्रथम श्रेणीका यात्री कर्नेल आर्चिबाल्ड ग्रेसीले लेखेका थिए ।...

आज पुष्पलालको ४८औँ स्मृति दिवस मनाइदै

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४८औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।  पुष्पलालले २००६ साल वैशाख १० गते नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए । उनले वि.सं. २००६ साल वैशाखमा निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी र नरबहादुर कर्माचार्यसँग मिलेर भारतको कोलकातामा बसेर कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए ।  राणा विरोधी आन्दोलनका शहीद...

काँग्रेसले आजदेखि नयाँ अभियानको शुरुवात गर्दै

काठमाडौं । नेपाली काँग्रेसले आज राष्ट्रिय सभा गृहमा विशेष कार्यक्रम आयोजना गरेर नयाँ अभियानको शुरुवात गर्दैछ । काँग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले ४४औं विपी स्मृति दिवसको अवसरमा आज दिउसो २ बजे राष्ट्रिय सभा गृहमा ‘नविन परिस्थिति, नविन संकल्, नविन अभियान’ को घोषणा गर्दैछ । काँग्रेसले पार्टीको १५औं महाधिवेशन अघि विशेष अभियान चलाउन लागेको बताएको छ । Post...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।