राष्ट्रिय स्वाधीनता र प्राप्त उपलब्धिहरु संकटमा पारियो- प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले देशलाई निरङ्कुशता तर्फ लैजाने प्रयास भइरहेको बताएका छन् ।

पुष्पलालको ४८औं स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले अहिले उपलब्ध प्राप्ति र सकारात्मक विषयमाथि प्रहार भइरहेको बताउदै देशलाई अराजकता र निरङ्कुशतातर्फ लैजाने प्रयास गरिएको बताएका हुन् ।

प्रचण्डले फेरी एक पटक प्रतिगमनविरुद्ध सबै एक भएर आन्दोलित हुनुपर्ने अवस्था आएको भन्दै विगतमा युवाहरुलाई प्रशिक्षित गर्न नसकेको बताए । उनले अहिले राष्ट्रिय स्वाधीनता संकटमा परेको र प्राप्त उपलब्धिहरु संकटमा परेको अवस्थामा सबै मिल्नसक्ने जति मिलेर अगाडी बढ्नुपर्ने बताए ।

प्रचण्डले आफुहरुले बामपन्थीहरुलाई एक ठाउमा ल्याउने प्रयास गरिरहेको र सबैले यस कार्यमा हातेमालो गर्न आग्रह गरेका छन् ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।