Author

Srijana Puri

S

चीनमा ‘कार–क्याम्पिङ’को बढ्दो आकर्षण, अर्बौं डलरको नयाँ पर्यटन अर्थतन्त्रको विकास

काठमाडौँ । चीनमा आर्थिक सुस्तीका बीच युवापुस्ताले महँगा विदेशी भ्रमण र पाँचतारे होटलको सट्टा ‘कार–क्याम्पिङ’ रोज्न थालेका छन् । कम खर्चिलो र रोमाञ्चक मानिएको यो प्रवृत्तिले चीनमा अर्बौं डलरको नयाँ पर्यटन अर्थतन्त्रको विकास गरेको छ । बजेटमा यात्रा गर्न चाहने चिनियाँ पर्यटकले होटलमा ठूलो रकम खर्च गर्नुको सट्टा अत्याधुनिक विद्युतीय वा मिश्रित इन्धनबाट चल्ने गाडीलाई नै ‘चलायमान शयनकक्ष’ बनाउँदै...

स्वास्थ्य सेवा अवरुद्ध नगर्न स्वास्थ्य मन्त्रालयको अपिल

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले पछिल्ला दिनमा चिकित्सक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि भएका कुटपिट र दुर्व्यवहारका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रालयले घटनामा संलग्न दोषीलाई कानुनको दायरामा ल्याउन सम्बन्धित सरकारी निकायहरूले आवश्यक प्रक्रिया अघि बढाइरहेको पनि स्पष्ट पारेको छ । मन्त्रालयले स्वास्थ्य सेवा अत्यन्त संवेदनशील, जीवनरक्षक तथा...

मुग्लिन-नारायणगढ सडकखण्डमा सुख्खा पहिरो, सडक दुवैतर्फ अवरुद्ध

चितवन । मुग्लिन-नारायणगढ सडकखण्डअन्तर्गत मुग्लिन नजिकैको खहरे खोलामा सुख्खा पहिरो खस्दा सडक दुवैतर्फ अवरुद्ध भएको छ । सडक डिभिजन भरतपुरका अनुसार पहिरो हटाउन सम्बन्धित स्थानमा आवश्यक उपकरण परिचालन गरिसकिएको छ । करिब डेढ घण्टाभित्र पहिरो पन्छाएर सवारी आवागमन पुनः सञ्चालन गर्ने तयारी भइरहेको जनाएको छ । पहिरोका कारण बाटोमै रोकिएका यात्रु तथा सवारी चालकलाई धैर्यतापूर्वक प्रतीक्षा गर्न सडक डिभिजनले...

धनकुटामा दुर्घटनापछि ट्रकमा आगलागी हुदा चालकको जलेर मृत्यु

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका –०४ फलामेटार स्थित तमोर-करिडोर सडक-खण्डमा ब्रेक फेल भएर दुर्घटना भएपछि ट्रकमा आगलागी हुँदा चालकको जलेर मृत्यु भएको छ । विराटनगरबाट ताप्लेजुङतर्फ जलविद्युत् आयोजनाका सामग्री बोकेर जाँदै गरेको प्र १–०२–००१ क ५३६३ नम्बरको लोबेड (ट्रक) ब्रेक फेल भई सडकको भित्तामा ठोक्किएपछि अचानक आगलागी भएको थियो । घटनाको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट फलामेटार र...

बालोन डी ओरको सबैभन्दा बलियो दाबेदार बने ह्यारी केन

काठमाडौँ । जर्मन क्लब बायर्न म्युनिखका इङलिश स्टार स्ट्राइकर ह्यारी केन सन् २०२६ को विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत पुरस्कार ‘बालोन डी ओर’ का सबैभन्दा बलिया दाबेदारका रूपमा उभिएका छन् । स्पेनलाई विश्वकप उपाधि दिलाएका किशोर खेलाडी लामिन यमालले उत्कृष्ट प्रदर्शन गरे पनि व्यक्तिगत प्रदर्शनका आधारमा केन नै अघि रहेको विश्लेषण गरिएको छ । सन् २०२५-२६ को सिजनमा केनले क्लब र राष्ट्रिय...

एमाले महासचिव पोखरेलको प्रश्न- यो दोहोरो मापदण्ड किन प्रधानमन्त्रीज्यू ?

काठमाडौँ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सुनसरीमा भएको गोलीकाण्डलाई लिएर प्रधानमन्त्रीमाथि दोहोरो मापदण्ड अपनाएको आरोप लगाएका छन्। सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै महासचिव पोखरेलले काठमाडौँमा गोली चलेको घटनामा राजनीतिक नेतृत्वलाई दोषी देख्ने तर सुनसरीमा गोली चलेको घटनामा प्रहरी-प्रशासनलाई मात्रै दोषी देख्ने प्रवृत्तिप्रति प्रश्न उठाएका हुन् । उनले एकै प्रकृतिका घटनामा फरक–फरक...

लमजुङमा पहिरोले पुरिएका चार जनाको सकुशल उद्धार

लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिका –०७ भाटबेशीमा कुलो भत्किँदा आएको पहिरोले धन्सार पुरिँदा एकै परिवारका चार जना घाइते भएका छन् । मंगलबार बिहान करिब २:३५ बजे चितिखोलाबाट भाटबेशीतर्फ ल्याइएको कुलो भत्किएर आएको पहिरोले स्थानीय विष्णु दत्त सुवेदीको ढुंगा–माटोले बनेको दुईतले कच्ची धन्सार पूर्ण रूपमा भत्काएको हो । धन्सार भित्र रहेका चार जना पुरिएको जानकारी प्राप्त हुनासाथ बिहान इलाका प्रहरी कार्यालय...

आज देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द गर्ने चिकित्सक संघको घोषणा

काठमाडौँ । नेपाल चिकित्सक संघले वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण, अस्पतालमा गरिएको तोडफोड तथा आन्दोलनका क्रममा चिकित्सकमाथि भएको दुर्व्यवहारको कडा शब्दमा भर्त्सना गर्दै दोषीमाथि तत्काल कानुनी कारबाही गर्न माग गरेको छ । संघले साउन ९ गते नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको सांघातिक आक्रमणको घटनामा संलग्नलाई कानुनअनुसार...

विश्वकप लिग-२ को सिरिजमा नेपाल लगातार तेस्रो खेलमा पराजित

काठमाडौं । आइसीसी विश्वकप लिग २ को जारी सिरिजमा नेपालले लगातार तेस्रो खेलमा हार बेहोरेको छ । गएराती सम्पन्न खेलमा नेपाल नामिबियासँग ३ रनले पराजित भएको हो । नामिबियाले दिएको २१२ रनको लक्ष्य पछाएको नेपालले निर्धारित ५० ओभरमा  ६ विकेट गुमाउँदै २०८ रन मात्रै बनाए पछि खेल ३ रनले हारेको हो । नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ४५ रन बनाए भने कुशल भुर्तेलले ३४ रन बनाए । त्यस्तै कप्तान रोहित...

कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापनका लागि नयाँ समयसीमा तोक्यो

काठमाडौं । नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकले क्रियाशील सदस्यता व्यवस्थापन सम्बन्धी विभिन्न निर्णय गरेको छ ।  पार्टीका महामन्त्री तथा समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षतामा बसेको बैठकले प्रतिनिधिसभा क्षेत्र र वडा तहमा नयाँ क्रियाशील सदस्यता आवेदन तथा अनलाइन प्रणालीमार्फत प्राप्त सदस्यता आवेदन अनुमोदन गर्ने अन्तिम मिति २०८३ साउन १४ गते सम्म कायम गरेको छ। वडा...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।