Author

Srijana Puri

S

राैतहटमा ठाउँकाे नाम विवाद उत्कर्षमा पुग्दा स्वागत बोर्ड उखेलियाे

रौतहट, १३ साउन। रौतहटको फतुवा विजयपुर नगरपालिका–६ स्थित ऐतिहासिक पेटभर्वा गाउँको नामलाई लिएर लामो समयदेखि चल्दै आएको विवाद फेरि चर्किएको छ। मंगलबार राति गाउँ प्रवेशद्वारमा राखिएका ‘पेटभर्वा’ लेखिएका स्वागत बोर्डमा तोडफोड भएपछि स्थानीयस्तरमा पुनः तनाव उत्पन्न भएको हो। स्थानीयका अनुसार तीन वटा स्वागत बोर्ड उखेलेर फालिएको छ भने थप दुई वटा बोर्डमा कालोमोसो दलिएको छ। घटनामा संलग्न व्यक्तिहरूको...

कोहलपुरमा निर्माणाधीन सेप्टिक ट्याङ्कीमा फसेर तीन मजदुरको मृत्यु

बाँके । बाँकेको कोहलपुर नगरपालिका–३ शान्तिटोलमा निर्माणाधीन सेप्टिक ट्याङ्कीमा फसेर तीन जना मजदुरको मृत्यु भएको छ। स्थानीय दयाप्रसाद थारुको डीबीसी भई पिलर उठाइएको घरको आँगनमा निर्माणाधीन सेप्टिक ट्याङ्कीमा आज बिहान करिब ९ बजे उनीहरू फसेका थिए। प्रहरीले जेसीबीको सहायताले सेप्टिक ट्याङ्की फुटाएर तीनै जनालाई मृत अवस्थामा बाहिर निकालेको थियो। उक्त शवहरू परीक्षणका लागि भेरी अस्पताल, नेपालगञ्ज पठाइएको...

नेपालले टस जित्यो, नेदरल्याण्डसले पहिला ब्याटिंग गर्ने

काठमाडौं । आइसीसी विश्वकप लिग २ को जारी सिरिजमा आज नेपालले नेदरल्याण्डसको सामना गर्दै छ । यस खेलमा नेपालले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ । योसँगै नेदरल्याण्डसले पहिला ब्याटिंग गर्ने भएको हो ।     यस सिरिजमा नेपालले लगातार तीन खेल हारेर खराब प्रदर्शन गरेको छ । त्यस्तै नेदरल्याण्डसले भने यस सिरिजका आफ्ना दुवै खेल जितेको छ । नेपाल र नेदरल्याण्डसबीच अहिलेसम्म ६ एकदिवसीय खेल...

रास्वपाको केन्द्रीय समिति बैठक जारी

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक पार्टी कार्यालय काठमाडौं वनस्थलीमा बसिरहेको छ । चितवनमा भएको पहिलो महाधिवेशनपछि रास्वपाको दोस्रो पटक केन्द्रीय समिति वैठक बसेको हो ।

आजको बैठकमा महाधिवेशनको समीक्षा, कार्यविधि तय र तर्जुमा, सांगठनिक व्यवस्थापन, मनोनयन र भावी कार्यक्रमहरुका बारेमा छलफल हुने बताइएको छ ।

Post Views: 100 22

दुई करोडभन्दा बढी गैरकानुनी सम्पत्ति आर्जन गरेका सडक इन्जिनियरविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक डिभिजन कार्यालय भक्तपुरका इन्जिनियर शैलेन्द्रकुमार चौधरीविरुद्ध गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगका अनुसार चौधरीले पदीय मर्यादाविपरीत कार्य गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्ने उजुरीका आधारमा अनुसन्धान गरिएको थियो। अनुसन्धानका क्रममा उनको २०६५ पुस ११ गते सरकारी सेवामा...

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

काठमाडौं ।  वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोकर्णेश्वर नगरपालिका-६ बस्ने सिन्धुली घर भएका ४६ वर्षीय गणेश बहादुर कार्की, काठमाडौं नागार्जुन नगरपालिका-४ बस्ने दाङ घर भएका ४७ वर्षीय झगे विक, काठमाडौं महानगरपालिका-१६ बस्ने चितवन घर भएका ३४ वर्षीय कमल श्रेष्ठ र काठमाडौं...

झापामा कारको ठक्करबाट ९२ वर्षीया महिलाको मृत्यु

झापा । झापाको भद्रपुर नगरपालिका-८ स्थित जिल्ला प्रशासन कार्यालय नजिकको भित्री सडकखण्डमा कारको ठक्करबाट ९२ वर्षीया वृद्धाको मृत्यु भएको छ । कारागार कार्यालय झापाबाट जिल्ला प्रशासन कार्यालयतर्फ आउँदै गरेको प्र१-०१-००२ च ०००५ नम्बरको सेतो कारले जिल्ला प्रशासन कार्यालयको काम सकेर सडकतर्फ निस्किँदै गरेकी भद्रपुर नगरपालिका-९ बस्ने ९२ वर्षीया धनमाया खड्कालाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते...

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ ।

प्रधानमन्त्री बालेन्द्र शाहले आज दिउसो ३ बजे बस्ने गरि मन्त्रिपरिषद्‌को बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा बस्नेछ । 

Post Views: 100 22

राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेट, सर्वदलीय बैठकबारे जानकारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भेटवार्ता गरेका छन् । बुधबार शीतल निवासस्थित राष्ट्रपति भवन पुगेर सभापति लामिछानेले राष्ट्रपति पौडेलसँग समसामयिक राजनीतिक अवस्था तथा पछिल्ला घटनाक्रमबारे छलफल गरेका हुन् । भेटका क्रममा लामिछानेले सुनसरी घटनापछि विकसित परिस्थितिबारे जानकारी गराउनुका साथै उक्त विषयमा छलफल गर्न आफूले आह्वान गरेको सर्वदलीय...

२४ घण्टामा देशभर सवारी दुर्घटनामा २ को मृत्यु, १२८ जना घाइते

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने १२८ जना घाइते भएका छन् । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कर्णाली र मधेश प्रदेशमा एक एक जनाको मृत्यु भएको छ । त्यस्तै देशभर भएका दुर्घटनामा १२८ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा २२ जना घाइते भएका छन् भने काठमाडौँ उपत्यकामा १२ जना घाइते भएका छन् । त्यस्तै कोशीमा १८ जना...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।