Author

Srijana Puri

S

मोबाइलमा चार्ज सकिएर हैरान हुनुहुन्छ, उसो भए अब हुदैँछ समस्या समाधान

काठमाडौं, १८ साउन । स्मार्टफोन प्रयोगकर्ताहरूका लागि ब्याट्रीसम्बन्धी समस्याहरू एउटा सामान्य चिन्ताको विषय बनेका छन्।  मानिसहरूले अहिले लामो समयसम्म टिक्ने ब्याट्री भएका स्मार्टफोनहरूलाई प्राथमिकता दिन थालेका छन्। यसैलाई मध्यनजर गर्दै स्मार्टफोन निर्माताहरूले आफ्ना उपकरणहरूमा विभिन्न परिवर्तनहरू गरिरहेका छन्। जसका कारण हाल धेरै नयाँ प्रिमियम स्मार्टफोनहरूमा ‘सिलिकन कार्बन ब्याट्री’ को प्रयोग...

भारतले ८४ हजार करोड खर्चेर समुन्द्रमा तेल र ग्याँसको भण्डार खोज्ने

नयाँ दिल्ली, १८ साउन । भारतले अब समुन्द्र र महासागरमा तेल तथा ग्याँसजन्य खनिज पदार्थको खोजीलाई अभियानको रूपमा चलाउने भएको छ। भारतको केन्द्रीय मन्त्रिपरिषद्ले गत शुक्रबार समुद्र मन्थन अर्थात राष्ट्रिय अपतटीय अन्वेषण योजनालाई स्वीकृति प्रदान गरेसँगै भारत समुन्द्र र महासागरमा तेल तथा ग्याँसको खोजी अभियानमा जुटन लागेको हो। पेट्रोलियम तथा प्राकृतिक ग्याँस मन्त्रालयद्वारा प्रस्तावित यस योजनाको...

ब्रेन्टफोर्डले मालिका खेलाडी मामादु साङ्गारेलाई कीर्तिमानी मूल्यमा गर्‍यो अनुबन्ध

काठमाडौं, १८ साउन । ब्रेन्टफोर्डले मालीका मिडफिल्डर मामाडोउ संगारेलाई क्लब रेकर्ड शुल्कमा अनुबन्ध गरेको छ । जुन लगभग ५२ मिलियन रहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन ।  लेन्सलाई लिग १ मा दोस्रो स्थान हासिल गर्न र गत सिजन ‘कुप डे फ्रान्स’ जित्न मद्दत गर्ने २४ वर्षीय खेलाडीले पाँच वर्षको सम्झौतामा सहमति जनाएका छन्, जसमा अर्को एक वर्षको लागि क्लब विकल्प पनि छ। ब्रेन्टफोर्डका मालिक किथ...

करिब पाँच वर्षपछि सार्वजनिक रूपमा देखिइन् आङ साङ सुकी

काठमाडौँ । म्यानमारकी पूर्व नेता तथा नोबेल शान्ति पुरस्कार विजेता आङ साङ  सुकी करिब पाँच वर्षपछि पहिलो पटक सार्वजनिक रूपमा देखिएकी छन् । सैन्य सरकारले सोमबार सार्वजनिक गरेका केही तस्वीरमा सुकीले अन्तर्राष्ट्रिय रेडक्रस समितिका म्यानमार प्रतिनिधि अर्नो डे बाकसँग भेटवार्ता गरेको देखिएको छ । सन् २०२१ मा सैन्य ‘कू’ पछि बाहिरी संसारसँग भएको उनको यो सबैभन्दा दुर्लभ सार्वजनिक सम्पर्क मानिएको छ ।...

सम्झौतापछि पनि गाजामा इजरायली आक्रमण रोकिएन, बालबालिकासहित १३ जनाको मृत्यु

काठमाडौँ । इजरायलले गाजा पट्टीमा लगातार दोस्रो दिन पनि हवाई आक्रमण जारी राखेको छ । प्यालेस्टिनी अधिकारीहरूका अनुसार पछिल्लो आक्रमणमा बालबालिकासहित कम्तीमा १३ जनाको मृत्यु भएको छ । अधिकारीहरूका अनुसार गाजा सहर, खान युनिस र दैर अल–बलाहका आवासीय क्षेत्रमा आक्रमण गरिएको हो । गाजाको नागरिक सुरक्षा निकायले इजरायली लडाकु विमानले विभिन्न बस्तीलाई निशाना बनाएको जनाएको छ । यता, इजरायली सेनाले भने गाजामा...

१०९ केजी गाँजासहित दुई भारतीय नागरिक पक्राउ

सर्लाही । सर्लाही, लालबन्दी नगरपालिका –०१ स्थित जिल्ला ट्राफिक कार्यालय नवलपुर अगाडि १०९ केजी गाँजासहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाही र इलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बागमतीबाट जनकपुरतर्फ जाँदै गरेको बीआर ०९ एम ३७६६ नम्बरको भारतीय कार रोकी चेकजाँच गर्ने क्रममा कारको डिक्कीमा...

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक साउन २४ गते बस्ने

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक साउन २४ गते आइतबार बस्ने भएको छ।

पार्टीका अनुसार बैठक दिउँसो १ बजे ललितपुरस्थित केन्द्रीय कार्यालय बीपी स्मृति भवन, बीपी नगरमा आयोजना हुनेछ ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई अनिवार्य रूपमा उपस्थित हुन निर्देशनअनुसार अनुरोध गरिएको नेपाली कांग्रेसले जनाएको छ ।

Post Views: 100 24

ब्रोड पिकमा निर्मल पुर्जाको शव फेला, शव जापनी क्याम्पमा झारिदैँ

गिलगिट, १७ साउन । पाकिस्तानको अल्पाइन क्लबले आइतबार जनाए अनुसार हिमपहिरोमा परेर बेपत्ता भएको खबर आएको तीन दिनपछि उद्धार टोलीले ब्रोड पिक हिमालको करिब ५,७०० मिटरको उचाइमा चर्चित नेपाली पर्वतारोही निर्मल पुर्जाको शव फेला पारेको छ। शनिबार, उनको आरोहण आयोजक कम्पनी एलिट एक्सपेडले पाकिस्तानी पर्वतारोही सोहेल साखीसहित उक्त आरोहण दलका सबै सदस्यहरूको मृत्यु भइसकेको घोषणा गरेको थियो। एसीपीकी नाइला कियानीले...

ब्रोड पिक हिमपहिरो: निम्सदाइको शव भेटियो

काठमाडौं । काठमाडौँ । पाकिस्तानको ब्रोड पिकमा गएको हिमपहिरोमा परेर मृत्यु भएका आरोही निर्मल पुर्जा ‘निम्सदाइ’ को शव फेला परेको छ । पाकिस्तानको अल्पाइन क्लब (एसीपी) ले ब्रड पिक हिमालको करिब ५७ सय मिटर उचाइमा निम्सदाइको शव फेला परेको जानकारी दिएको छ । सो स्थानमा अन्य तीन शव पनि फेला परेको एसीपीले उल्लेख गरेको छ । उद्धार टिमले शवलाई जापानिज क्याम्पमा ल्याउदै गरेको जानकारी दिदै एसीपीले अन्य शवको...

करिब १ हजार ३३ किलोग्राम गाँजासहित मिनि ट्रक चालक पक्राउ

मोरङ, १७ साउन । एक टन भन्दा बढी किलोग्राम गाँजा सहित एक जना पक्राउ परेका छन। रतुवामाई नगरपालिका–१० सोमबारेबाट अवैध लागूऔषध गाँजा करिब १ हजार ३३ किलो ४ सय ८४ गाँजा सहित धनकुटा पाख्रीबास नगरपालिका–९ हिले बस्ने २८ वर्षीय उमेश तामाङ पक्राउ परेका हुन । इलाका प्रहरी कार्यालय सिजुवासमेतबाट खटिएको प्रहरीले उर्लाबारीबाट आमबारीतर्फ आउँदै गरेको को १ ख ४३७३ नम्बरको मिनिट्रक जाँच गर्ने क्रममा ट्रकको ३१ वटा...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।