Author

Srijana Puri

S

सिजन मिडियाद्वारा ‘एशियन प्रोफेशनल अचिभमेन्ट अवार्ड २०२६’ आयोजना हुने

काठमाडौं, १९ साउन । सिजन मिडिया नेपालले आफ्नो १८औँ स्थापना दिवसको अवसरमा आगामी भदौको २० गते काठमाडौंमा ‘एशियन प्रोफेशनल अचिभमेन्ट अवार्ड २०२६’ (सातौँ संस्करण) आयोजना गर्ने भएको छ। आयोजकका अनुसार कार्यक्रममा नेपालसहित विभिन्न एशियाली मुलुकका व्यवसाय, शिक्षा, स्वास्थ्य, सञ्चार, पर्यटन, संस्कृति, सामाजिक सेवा तथा अन्य क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका सफल व्यवसायी, पेशाकर्मी तथा व्यक्तित्वलाई...

स्पेनको सर्वोच्च अदालतको फैसलाका कारण भ्रम फैलिदाँ हजारौं आप्रवासी सेउटा पुगेः मोरोक्को

म्याड्रिड, १९ साउन । स्पेनको राष्ट्रिय अदालतले गत हप्ता सेउटामा भएको अभूतपूर्व सामूहिक सीमा प्रवेशको घटनाबारे प्रारम्भिक अनुसन्धान सुरु गरेको छ। यसैबीच, मोरक्कोले यस संकटबारे आफ्नो पहिलो आधिकारिक प्रतिक्रिया दिँदै घटनाका लागि मानव तस्करीका सञ्जाल, अनलाइनमा फैलिएको गलत सूचना र स्पेनको सर्वोच्च अदालतको हालैको फैसलालाई लिएर सिर्जना भएको भ्रमलाई जिम्मेवार ठहर्‍याएको छ। यो अनुसन्धान जुलाई ३० र ३१ का...

भारतमा डाबरका मह र गाईको घिउ बिक्रीमा रोक, ‘शतप्रतिशत शुद्ध’ को दाबी गलत

काठमाडौँ । भारतको खाद्य सुरक्षा तथा मापदण्ड प्राधिकरणले डाबर इन्डियालाई आफ्ना विभिन्न खाद्य उत्पादनमा भ्रामक रूपमा ‘शतप्रतिशत शुद्ध’ लगायतका दाबी प्रयोग गरेको भन्दै ती उत्पादनको बिक्री तत्काल रोक्न निर्देशन दिएको छ । प्रतिबन्धमा डाबरको मह, गाईको घिउसहित अन्य केही खाद्य सामग्री पनि परेका छन् । साथै प्राधिकरणले कम्पनीसँग १५ दिनभित्र आदेश कार्यान्वयनबारे प्रतिवेदन पेश गर्न पनि निर्देशन दिएको छ ।...

बायोग्याँस प्लान्ट सञ्चालनमा ल्याउन काठमाडौँ महानगर र वैकल्पिक उर्जा केन्द्रबीच सम्झौता

काठमाडौँ । काठमाडौँको टेकुमा रहेको बायोग्याँस प्लान्ट सञ्चालनमा ल्याउन काठमाडौँ महानगरपालिका र वैकल्पिक उर्जा प्रवर्धन केन्द्रकबीच सम्झौता भएको छ । कार्यवाहक प्रमुख सुनिता डंगोलको वैठक कक्षमा उनकै रोहवरमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ र केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सहरमा उत्पादन भएको जैविक फोहर व्यवस्थापनलाई आधुनिक र...

रणवीरको ‘रामायण’ बिबादमा, हलमा लैजानु अघि देखाउन रामलिला महासंघको माग

मुम्बई, १८ साउन । रणवीर कपुर, सनी देओल र यशको अभिनय रहेको चलचित्र ‘रामायण’ लाई लिएर विवाद उत्पन्न भएको छ। श्री रामलीला महासंघले चलचित्रका निर्देशक नितेश तिवारी र निर्माण कम्पनीलाई सम्बोधन गर्दै एक पत्रमार्फत चेतावनी जारी गरेको छ। महासंघका अध्यक्ष अर्जुन कुमारले यस वर्षको दीपावलीमा भारत र विदेशमा प्रदर्शन हुनुअघि चलचित्र आफ्नो प्रतिनिधिमण्डललाई देखाइनु पर्ने माग गरेका छन्। महासंघले जनाए अनुसार...

सिंहदरवारमा कांग्रेस संसदीय दलको बैठक सुरू

काठमाडौं, १७ साउन । नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ । कांग्रेस पार्टी संसदीय दलको कार्यालय, सिंहदरबारमा बैठक सुरु भएको हो । बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, सरकारले गरेका पछिल्ला निर्णयहरू लगायत विषयमा छलफल हुने भएको छ । दलकाे बैठकमा पार्टीका महामन्त्री प्रदीप पौडेल सहभागी छन् । भोली प्रतिनिधिसभाको बैठक बस्दैँछ । दलका नेता भीष्मराज आङ्देम्बेको अध्यक्षतामा सुरु भएको बैठकमा पार्टीका...

बिहारमा प्रशान्त किशोर जीत नजिक, तीन मध्ये एक मात्रै बिजेपी बिजेता

बिहार,  १७ साउन । मध्य प्रदेश र गुजरातमा भएका उपनिर्वाचनको नतिजा धेरै हदसम्म स्पष्ट भइसकेको छ। बिहारको बांकीपुर निर्वाचन क्षेत्रमा ‘जन सुराज’ का संस्थापक प्रशान्त किशोरले १४,९५३ भन्दा बढी मतको अग्रता कायम गरेका छन्। मतगणनाको २५औँ चरणको समाप्तिसम्ममा प्रशान्तले ५०,९७६ मत प्राप्त गरेका थिए। यसैबीच, भाजपाका नीरज कुमारले ३६,०२३ मत प्राप्त गरेका छन्। बांकीपुर सिटलाई बिहार भाजपा अध्यक्ष नितिन...

सिरहाका वन कार्यालय प्रमुखविरुद्ध घुस प्रकरणमा मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको बन्दीपुरस्थित सव–डिभिजन वन कार्यालयका प्रमुख राम केवल राय यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगका अनुसार उद्योगका लागि ल्याइएको काठ सिलबन्दीअनुसार भए/नभएको जाँच गरी कागजातसहित फाइल फिर्ता गर्ने क्रममा सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा खटिएको टोलीले यादवलाई १२ हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको थियो। अनुसन्धानका क्रममा...

रोनाल्डोको जर्जियासँग १० बर्ष पछि बिबाह, रोजे गृह नगर

2026-8-3 / 2083-04-18 4:12 pm काठमाडौं, १७ साउन । क्रिस्टियानो रोनाल्डो र जर्जिना रोड्रिगेजको बहुप्रतिक्षित विवाह अन्ततः नजिकिँदै गरेको देखिन्छ । विभिन्न समाचारहरूका अनुसार यो जोडीले पोर्चुगलको मदेइरा टापुमा विवाह गर्ने योजना बनाइरहेका छन्, जहाँ यी फुटबल हस्तीको जन्म र हुर्काइ भएको थियो। यद्यपि रोनाल्डो वा जर्जिना कसैले पनि विवाहको मिति वा स्थानबारे आधिकारिक रूपमा पुष्टि गरेका छैनन् तर...

सामुदायिक वनमा ३९ लाखभन्दा बढी रकम हिनामिना आरोपमा ११ जनाविरुद्ध मुद्दा

काठमाडौँ । सुर्खेतको चौकुने गाउँपालिका–१ स्थित मालिका सामुदायिक वन उपभोक्ता समूहको रकम हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ११ जनाविरुद्ध विशेष अदालत, काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगका अनुसार आर्थिक वर्ष २०७२/७३ देखि २०७६/७७ सम्म काठ बिक्री तथा आपूर्तिबाट प्राप्त आम्दानीलाई झाडी सफाइ, अग्नि रेखा निर्माण, वृक्षारोपण, वन हेरालुको तलब, भैँसी पालन, बाख्रा पालन...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।