रौतहट ३१ भदौ । भारतको बिहारस्थित पूर्वी चम्पारण जिल्लामा सशस्त्र सीमा बल (एसएसबी) ले नेपालतर्फ तस्करी गर्न लागिएको ठूलो परिमाणको युरिया मलसहित दुईजनालाई पक्राउ गरेको छ । छुट्टाछुट्टै कारबाहीका क्रममा एसएसबीले करिब १.७ टन युरिया मल तथा भारतबाट नेपालतर्फ लैजान लागिएको रेड बुलसमेत बरामद गरेको जनाएको छ । एसएसबी ७१औँ बटालियन मोतिहारीका प्रवक्ता बिनितकुमार सिंहका अनुसार मंगलवार राति प्राप्त विशेष...










