Author

Srijana Puri

S

भोटेकोशी बाढी बारे वैज्ञानिकहरूको अध्ययनले के देखायो ?

काठमाडौँ । तीव्र गतिमा बढिरहेको तापक्रमका कारण हिमालय क्षेत्रमा हिमनदी, जमिनमुनिको जमेको माटो र चट्टानको स्थायित्व कमजोर बन्दै गएको र यसले एकपछि अर्को जटिल प्राकृतिक विपद्को जोखिम बढाइरहेको एक अन्तर्राष्ट्रिय वैज्ञानिक अध्ययनले देखाएको छ । अध्ययन नेपाल, पाकिस्तान, बेलायत, आयरल्यान्ड, स्विडेन, डेनमार्क, नर्वे, संयुक्त राज्य अमेरिका, न्युजिल्यान्ड र नेदरल्यान्ड्सका हिमनदी विज्ञान, हिमाली जलविज्ञान...

अभद्र व्यवहार मुद्दा दर्ता भएकै राति होटल सञ्चालक छुटे, प्रहरीकाे नियतमा प्रश्न

रौतहट, १ असोज । बारा निजगढमा होटलमा खाना खाने क्रममा भएको सामान्य विवादले उग्र रूप लिएपछि दुई ग्राहक कुटपिटमा घाइते भएको घटनामा प्रहरीले होटल सञ्चालकमाथि अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता गरी पक्राउ गरे पनि सोही राति उनलाई छाडेको छ। निजगढस्थित एक लाइन होटलका सञ्चालक विनोद घिसिङले मंगलबार राति खाना खान पुगेका दुई ग्राहकलाई मरणासन्न हुने गरी कुटपिट गरेको आरोप लागेको छ। घटनामा पदमकुमार तिमल्सिनाको...

अन्तरजातीय विवाहपछि जीवित छोरीको पुतला बनाएर बाबुले गरे दाहसंस्कार

सञ्जय मिश्रा  रौतहट १ असोज । सुन्दा जो कोही लाई पनि आश्चर्य लाग्ने यो घटना छिमेकी मुलुक भारतको बिहारस्थित पूर्णिया जिल्लामा भएको घटना हो। पूर्णिया स्थित अन्तरजातीय विवाह गरेको भन्दै एक बाबुले आफ्नै जीवित छोरीको पुतला बनाएर दाहसंस्कार गरेका छन्। पूर्णियाको चपय गाउँका किसान मनोज गोस्वामीले छोरी रियाको पुतला बनाएर गाउँलेको उपस्थितिमा शवयात्रा निकालेका हुन्। त्यसपछि हिन्दू परम्पराअनुसार श्मशानमा...

देउमाईमा जिप दुर्घटना : पल्टिएको गाडीले थिचेर चालकको मृत्यु

इलाम । इलामको देउमाई नगरपालिका–१ साधुगाउँमा बोलेरो जिप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। बिहीबार मे १ ज ३७०६ (प्र.१–०१–००१ ज ३७०६) नम्बरको बोलेरो जिप अनियन्त्रित भई सडकमा पल्टिँदा देउमाई नगरपालिका–१ चमैता निवासी अन्दाजी ३५ वर्षीय तीर्थराज बस्नेतको ज्यान गएको हो। पल्टिएको गाडीले थिचिएर चालक बस्नेतको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी...

तीन लाखमुनि ओर्लियो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, १ असोज । नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ ।  सुनको मूल्य बिहीबार छापावाल सुन तोलामा २३ सय रुपैयाँ घटेर दुई लाख ९९ हजार पाँच सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बुधबार सुन तोलामा १७ सय रुपैयाँ बढेको थियो । आज चाँदीको मूल्य पनि तोलामा ६० रुपैयाँ घटेर ४६ सय २५ रुपैयाँमा झरेको छ। बुधबार चाँदी तोलामा ८५ रुपैयाँ बढेर चाँदीको भाउ ४६ सय ८५ रुपैयाँ...

कांग्रेस बैठकमा निवर्तमान पदाधिकारी तथा सदस्यहरू सहभागी हुने

काठमाडौँ, १ असोज । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित वर्तमान केन्द्रीय कार्यसमितिमा निवर्तमान कार्यसमितिका सबै पदाधिकारी तथा सदस्यहरूलाई ससम्मान समावेश गर्ने निर्णय बिहीबार कार्यान्वयन हुने भएको छ । पार्टी केन्द्रीय कार्यसम्पादन समितिको निर्णयलाई आत्मसात गर्दै निवर्तमान कार्यसमितिका पदाधिकारी तथा केन्द्रीय सदस्यहरू पार्टी कार्यालयमा आउने भएपछि कांग्रेस कार्यकर्तामा उत्साह छाएको छ ।...

आमालाई ६ महिना र बुबालाई ४२ दिन प्रसूति स्याहार बिदाको प्रस्ताव

काठमाडौं । स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित पाँचवटा कानुन संशोधनका लागि तयार मस्यौदा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाएको छ । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ को संशोधन मस्यौदामा आमालाई कम्तीमा ६ महिना तलबसहितको प्रसूति बिदा र बुबालाई ४२ दिनसम्म तलबसहितको प्रसूति स्याहार बिदा दिने प्रस्ताव गरिएको छ। हाल आमाले पाउने ९८ दिनको...

भारतबाट ट्रकमा राखेर नेपालतर्फ ल्याउँदै गरेको युरिया मल बरामद, दुईजना पक्राउ

रौतहट ३१ भदौ । भारतको बिहारस्थित पूर्वी चम्पारण जिल्लामा सशस्त्र सीमा बल (एसएसबी) ले नेपालतर्फ तस्करी गर्न लागिएको ठूलो परिमाणको युरिया मलसहित दुईजनालाई पक्राउ गरेको छ ।  छुट्टाछुट्टै कारबाहीका क्रममा एसएसबीले करिब १.७ टन युरिया मल तथा भारतबाट नेपालतर्फ लैजान लागिएको रेड बुलसमेत बरामद गरेको जनाएको छ । एसएसबी ७१औँ बटालियन मोतिहारीका प्रवक्ता बिनितकुमार सिंहका अनुसार मंगलवार राति प्राप्त विशेष...

राष्ट्रिय पाठ्यक्रम प्रारुप परिमार्जनका लागि देशभरबाट कस्ता आए सुझाव ?

काठमाडौँ । विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ परिमार्जनका लागि देशभरबाट संकलन गरिएको सुझावमा नैतिक शिक्षा, संस्कार, कृत्रिम बुद्धिमत्ता, कोडिङ, जलवायु परिवर्तन, सीप र उद्यमशीलतालाई प्राथमिकताका साथ पाठ्यक्रममा समेट्नुपर्ने आवाज उठेको छ । पाठ्यक्रम विकास केन्द्रका अनुसार सातै प्रदेशमा सञ्चालन गरिएको सुझाव तथा पृष्ठपोषण संकलन अभियानमा २५ हजारभन्दा बढी व्यक्ति सहभागी भएका छन्।...

चलचित्र क्षेत्रको विकासमा सहयोग गर्न सरकार तयार- सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाली चलचित्र क्षेत्रको विकास, संरक्षण र प्रवर्द्धनका लागि सरकार आवश्यक सहयोग गर्न तयार रहेको बताएका छन् । अस्करको ९९औँ संस्करणका लागि नेपालको प्रतिनिधित्व गरिरहेको चलचित्र ‘तिनीहरू–एलिफेन्ट्स इन द फग’को टोलीसँगको भेटमा उनले कला, संस्कृति र राष्ट्रिय महत्वका विषयमा आधारित चलचित्रलाई सरकारले प्रोत्साहन गर्ने बताए । सरकारले चालु आर्थिक...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।