Author

Jayanti Shiwakoti

J

मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?

काठमाडौं । मन्त्रिपरिषद् बैठकले भूमि समस्या समाधान समिति गठन गर्ने सहितका चार निर्णय गरेको छ । आज बसेको बैठकले भूमि समस्या समाधान समितिको अध्यक्ष पदमा बलभद्र बास्तोला (कास्की) तथा सदस्य पदमा अमीरप्रसाद न्यौपाने (काठमाडौँ), पद्मनीति सोती (लमजुङ) र डा. रोहना श्रेष्ठ (काठमाडौं) लाई नियुक्ति गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन् ।  त्यस्तै आजको बैठकले युनाइटेड...

इबोला भाइरस जोखिमलाई मध्यनजर गर्दै सम्भावित प्रवेशबिन्दुहरूमा उच्च शतर्कता

अफ्रिकी मुलुक कङ्गो र युगाण्डामा फैलिएको इबोला भाइरसको नयाँ प्रकोपलाई विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले अन्तरराष्ट्रिय चासोको स्वास्थ्य आपतकाल घोषणा गरेको छ ।  अफ्रिकी मुलुकहरूमा इबोला भाइरस संक्रमण देखिएपछि नेपाल सरकारले इबोला भाइरस संक्रमणको सम्भावित जोखिमलाई ध्यानमा राख्दै निगरानी तथा तयारीका काम तिब्र बनाएको जनाएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहायक प्रवक्ता डा. समिरकुमार...

उपभोगमुखी बजेटले रोजगारी सिर्जना गर्दैन, बोलेर मात्र आर्थिक रूपान्तरण हुँदैनः पूर्वअर्थमन्त्री खतिवडा

पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले उपभोगमुखी बजेटले रोजगारी सिर्जना गर्न नसक्ने बताउनुभएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा उहाँले सरकारले ल्याएको बजेट उपभोगमुखी रहेको बताउनु भयो । उहाँले सरकारले आगामी बजेटमा ७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको र तर त्यो प्राप्त गर्न कम्तीमा २२ देखि २४ प्रतिशतले आयात बढ्नुपर्ने बताउनु भयो । बल्ल मात्रै तरलतामा सन्तुलन ल्याउन सक्ने उहाँको...

अदालतमा सुधार गर्न प्रधानन्यायाधीश डा. शर्माको २१ बुँदे निर्देशन

काठमाडौँ ।  प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले  १८ महिना नाघेका मुद्दा शून्यमा झार्ने गरी कार्यसम्पादन गर्न निर्देशन दिएका छन् । २१ बुँदे निर्देशन जारी गर्दै प्रधानन्यायाधीश डा.शर्माले सुधारलाई पुराना बक्यौता मुद्दाहरूको न्यूनीकरणका लागि भएका प्रयास र उपलव्धिहरूलाई निरन्तरता दिँदै त्यस प्रकारका मुद्दाहरूको फर्स्योटलाई विशेष प्राथमिकता र संवेदनशीलताका साथ लिई यस आर्थिक वर्षको अन्तसम्म...

सुर्खेतबाट अनुमानित ३ करोड बराबरको सुनका गहना र नगदसहित एक जना पक्राउ

सुर्खेत । सुर्खेतबाट  अनुमानित ३ करोड बराबरको सुन र स्रोत नखुलेको नगदसहित एक जना पक्राउ परेका छन् ।  सुर्खेत प्रहरीका अनुसार नेपालगन्ज स्थायी ठेगाना भएर हाल सुर्खेतमा बसोबास गर्ने ६३ बर्षिय श्याम सुन्दर अग्रवाल करिब ३ करोड बराबरको सुन र चाँदीका गहना तथा २ लाख १९ हजार नेपाली र ८ लाख ११ हजार भारतीय रुपैयाँसहित पक्राउ परेका हुन् ।  उनलाई प्रहरीले सोमबार वीरेन्द्रनगर-६ स्थित तल्लो...

बेलायती प्रधानमन्त्री स्टार्मरमाथि दबाब बढ्दै

काठमाडौँ । बेलायती राजनीतिमा फेरि एकपटक ठूलो हलचल मच्चिएको छ । पूर्व राजदूत पिटर म्यान्डेल्सनसँग सम्बन्धित एक हजार पाँच सय पृष्ठका नयाँ सरकारी दस्तावेज सार्वजनिक भएपछि प्रधानमन्त्री किर स्टार्मरमाथि दबाब बढेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालको सुरुआतमा म्यान्डेल्सनलाई वासिङ्टनस्थित बेलायती दूतका रूपमा नियुक्त गरिएको थियो । तर उक्त नियुक्तिमाथि अहिले गम्भीर प्रश्न उठ्न...

दरबार हत्याकाण्ड भएको आज २५ वर्ष पूरा

काठमाडौं । नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २५ वर्ष पूरा भएको छ । २०५८ जेठ १९ गते साँझ नारायणहिटी राजदरवारभित्र तत्कालीन राजा वीरेन्द्र विरविक्रम शाहको वंश विनास भएको थियो । राजदरबार हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुती, राजकुमार धिरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ती, राजकुमारी शारदा, कुमार खड्ग लगायतको हत्या भएको थियो...

गुगलले किन छोड्दैछ ३ करोड २० लाख विशेष लामखुट्टे ?

काठमाडौँ । विश्वका ठूला प्रविधि कम्पनीमध्ये एक गुगलले अमेरिकाका क्यालिफोर्निया र फ्लोरिडा राज्यमा करिब ३ करोड २० लाख विशेष प्रकारका लामखुट्टे छाड्ने योजना अघि सारेको छ । लामखुट्टेबाट सर्ने रोग नियन्त्रण गर्ने उद्देश्यसहित कम्पनीले यो परियोजना अघि बढाएको हो । एक प्रतिवेदनअनुसार कम्पनीले ती लामखुट्टे छाड्न अमेरिकी सरकारी निकायसँग अनुमति मागेको छ । पहिलो नजरमा यो योजना अस्वाभाविक वा चिन्ताजनक लाग्न...

नेपाल-भारत सम्बन्ध नयाँ किसिमले अगाडी बढाउने बारे रवि लामिछानेको धारणा

चार वर्षभन्दा कम समयमा लगभग दुई तिहाइ संसदीय बहुमत प्राप्त गर्ने र विश्वको सबैभन्दा कान्छो प्रधानमन्त्री निर्वाचित गर्ने, दलविहीन पेशेवरहरू र राजनीतिक नौसिखियाहरूद्वारा स्थापित राजनीतिक दलको उदय राजनीतिक इतिहासमा कुनै नियमित घटना होइन । त्यसकारण, नेपालमा के भइरहेको छ र राष्ट्र कहाँ जाँदैछ भन्ने बारे विश्वव्यापी जिज्ञासा पूर्णतया स्वाभाविक छ । १००० माइलभन्दा बढीको साझा सिमाना भएका नजिकका...

संसदमा आइतबार भएको अमर्यादित व्यबहार र भौतिक नोक्सानीको छानबिन गर्न सभामुखले गठन गरे समिति

काठमाडौँ । सभामुख डिपी अर्यालले आइतबार प्रतिनिधि सभामा भएको अमर्यादित व्यबहार र भौतिक नोक्सानीको छानबिन गर्न समिति गठन गरेका छन् । सोमबारको प्रतिनिधि सभाको बैठकमा सभामुख अर्यालले प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारीको संयोजकत्वमा छानबिन समिति गठन गरेको जानकारी दिएका हुन् । सभामुख अर्यालले आइतबारको बैठकमा संसद बैठकमा अमर्यादित व्यबहार भएको र केहि भौतिक नोक्सानी समेत भएको भन्दै सो विषयमा छानबिन गर्न...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।