काठमाडौँ । फ्रान्समा जारी जी–७ शिखर सम्मेलनका क्रममा विश्व नेताहरूबीच भएको अनौपचारिक कुराकानी माइक्रोफोनमा रेकर्ड भएपछि त्यसले व्यापक चर्चा पाएको छ । नेताहरूलाई चुरोट, फुटबल र उपहारजस्ता विषयमा हल्का मजाक गर्दै गरेको सुनिएको थियो । सबैभन्दा बढी चर्चा भने इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीले चुरोट छाडेको विषयलाई लिएर भएको संवाद बाहिरिएको छ र यसको चर्चा सामाजिक संजाल र मिडियामा भइरहेको छ । बैठक...










