काठमाडौं । चलचित्र ‘पाँच पाण्डव’ कात्तिक २० गते अर्थात् शुक्रबारदेखि देशभरका हलमा प्रदर्शन हुने भएको छ । चलचित्रको प्रदर्शन रोकिएको भन्ने खबर सार्वजनिक भएपछि निर्माण पक्षले पूर्वनिर्धारित मितिमै प्रदर्शन हुने स्पष्ट पारेको हो । यसअघि सञ्चार मन्त्रालयले चलचित्रको विषयमा विवाद भएपछि छलफलका लागि बोलाएको थियो । सो छलफलमा पनि निर्धारित समयमा नै चलचित्र प्रदर्शन गर्ने सहमति भएको थियो । ...










