सुनसरी ४ बाट विजयी दीपककुमार साह उद्योगमन्त्री बन्दै

काठमाडौं । सुनसरी–४ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद दीपककुमार साह उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री नियुक्त हुने भएका छन्। गौरीकुमारी यादवले बिहीबार मन्त्री पदबाट राजीनामा दिएसँगै प्रधानमन्त्री बालेन्द्र शाहले साहको नाम उद्योगमन्त्रीमा सिफारिस गरेका हुन् । 

बिहीबार साँझ ६ बजे राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री साहलाई पद तथा गोपनीयताको शपथ गराउने तयारी छ ।

साह गत फागुन २१ को निर्वाचनमा ४२ हजार ७७१ मत प्राप्त गर्दै प्रतिनिधिसभा प्रवेश गरेका थिए । उनले पूर्वमन्त्री एवं कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीलाई २६ हजार १ सय ८४ मतान्तरले पराजित गरेका थिए । 

४९ वर्षीय साह पेसागत रूपमा इन्जिनियर र ऊर्जा विशेषज्ञ हुन् । हाल भक्तपुरको नयाँ थिमि बस्दै आएका साहको राजनीतिक यात्रा जनमत पार्टी बाट सुरु भएको थियो, जहाँ उनी उपाध्यक्षसमेत बनेका थिए ।  

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।