उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गोरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन् । उनले बिहीबार दिउँसो प्रधानमन्त्री बालेन शाहसमक्ष राजीनामा बुझाएकी हुन् ।

बुधबार प्रतिनिधिसभाको उद्योग समितिको बैठकमा दिएको अभिव्यक्ति नै यादवको मन्त्री पद जानुको मुख्य कारण बनेको छ । यादवले ‘उद्योगीहरूलाई पाता नफर्कासम्म खाना पकाउने ग्यासको अभाव टर्दैन’ भनेकी थिइन् । उनको अभिव्यक्तिलाई लिएर निजी क्षेत्र आन्दोलित बन्न पुगेको थियो ।

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल ग्यास उद्योग संघलगायतले मन्त्री यादवले कि त प्रमाण दिनुपर्ने, नभए माफी माग्नुपर्ने अडान लिएका थिए । यादव गत चैतमा उद्याेग मन्त्री नियुक्त भएकी थिइन् । ६ महिनामै उनकाे पद गुमेकाे छ ।  

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।