बिजु पार्कीको निर्देशनमा चलचित्र ‘अन्तिम दाउ’ को घोषणा

काठमाडौँ । बिजु पार्कीको निर्देशनमा बन्ने नयाँ नेपाली चलचित्र ‘अन्तिम दाउ’ को औपचारिक घोषणा गरिएको छ ।

फ्रेम इन मोसन पिक्चर्सको प्रस्तुतिमा बन्ने चलचित्रको दुई फरक पहिलो झलक सार्वजनिक गर्दै निर्माण सुरु भएको जानकारी दिइएको हो ।

चलचित्रमा विजय लामा, अर्पण थापा, कविता नेपाली, शुशांक मैनाली, निश्चल प्रधान, पेमा दावा लामा र बिमल पुरीको मुख्य अभिनय रहनेछ । पहिलो झलकले चलचित्र द्वन्द्वप्रधान तथा रोमाञ्चक कथामा आधारित रहेको संकेत गरेको छ। चलचित्रमा २०२७ लेखिएको पोस्टर पनि सार्वजनिक गरिएको छ ।

यो बिजु पार्कीको पहिलो निर्देशन रहनेछ। चलचित्रको छायाङ्कन छिट्टै सुरु हुने निर्माण पक्षले जनाएको छ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।