बाढीमा मृत्यु भएका सुरक्षाकर्मी र कर्मचारीका परिवारलाई १० लाख दिने सरकारको निर्णय

काठमाडौं । सरकारले भोटेकोशी बाढीमा परी मृत्यु भएका सुरक्षाकर्मी तथा राष्ट्रसेवक कर्मचारीका परिवारलाई जनही १० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले बाढीमा परी मृत्यु भएका सुरक्षाकर्मी र राष्ट्रसेवक कर्मचारीका परिवारलाई जनही १० लाख रुपैयाँ राहत दिने निर्णय भएको जानकारी दिए ।

त्यस्तै,खोज तथा उद्धार कार्यमा खटिएका सुरक्षाकर्मी तथा राष्ट्रसेवक कर्मचारीलाई जोखिम भत्ता र खाजा खर्च उपलब्ध गराउने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको उनले बताए । उद्धारका क्रममा घाइते हुने सुरक्षाकर्मी तथा कर्मचारीको निःशुल्क उपचार गर्ने निर्णय भएको पनि पोखरेलले जानकारी दिए ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।