बालेन बारे प्रचण्डको टिप्पणी- उहाँ आउनुहुन्छ, कसैको अनुहार नहेरी जानुहुन्छ, यो के तरिका हो !

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री बालेन शाहको शैलीप्रति संसदमा आलोचना गरेका छन् ।

बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रचण्डले प्रधानमन्त्री शाह संसदमा आउने तर कसैको अनुहार पनि नहेर्ने गरेको भन्दै यति ठुलो अवसर गुम्न दिन नहुने बताएका हुन् ।

प्रचण्डले भने- ‘सरकारको मुख्य नेतृत्व जिम्मेवार र संवेदनशील हुनुपर्ने हो। आज आउनुभयो, केही ब्रिफिङ गर्नुभयो, यस अर्थमा त उहाँलाई धन्यवाद नै भन्न चाहन्छु । तर उहाँले अरूलाई पनि विश्वासमा लिनुपर्छ र अरूका अनुभव पनि महत्त्वपूर्ण हुन्छ भन्नेतिर उहाँको ध्यान गएन । कार्यशैलीले के देखाउँछ भने आफ्नै दलका सांसदलाई विश्वासमा लिने मेहनत गरेको मैले देख्दिनँ, उहाँ आउनुहुन्छ कसैको अनुहार नहेरी जानुहुन्छ, यो के तरिका हो, हामी तपाईंलाई सहयोग गर्छौं भनिरहेका छौं, कसैको पनि अनुहार हेर्न नपर्ने के हो यो तरिका, यसरी त हुँदैन ।’

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।