बाढी प्रभावित नुवाकोटका विद्यालय अनिश्चितकालका लागि बन्द

त्रिशूली, १७ भदौ । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण प्रभावित बनेका नुवाकोटका विद्यालयहरू अनिश्चितकालका लागि बन्द गरिएका छन्।

बाढीबाट प्रत्यक्ष प्रभावित विदुर नगरपालिकासहित किस्पाङ गाउँपालिकाका सबै विद्यालय बन्द भएका छन् भने बेलकोटगढी र तारकेश्वर गाउँपालिकाका प्रभावित क्षेत्रमा रहेका शैक्षिक संस्थाको पठनपाठन समेत स्थगित भएको छ।

बाढीका कारण विद्यार्थी, शिक्षक तथा अभिभावक बेपत्ता भएको र विद्यालय भवन, सडक एवं पुलमा क्षति पुग्दा आवतजावत कठिन भएकाले तत्काल विद्यालय सञ्चालन गर्न नसकिएको विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले जानकारी दिए। उनका अनुसार जनजीवन सामान्य बन्दै गएपछि र नदी वारपार गर्न सहज भएपछि मात्र पठनपाठन पुनः सञ्चालन गरिनेछ।

विदुर नगरपालिकाका शिक्षा शाखा प्रमुख नवराज सापकोटाका अनुसार बाढीको पूर्वसूचना पाए पनि क्षतिको आकार अकल्पनीय भएको छ। “केही विद्यालयले उच्च सतर्कता अपनाएकाले ठूलो दुर्घटना हुनबाट जोगियो,” उनले भने, “अहिलेको असामान्य स्थितिमा तत्काल भौतिक उपस्थितिमा पढाइ सम्भव छैन। केही समयपछि वैकल्पिक माध्यमबाट पठनपाठन गराउने योजना बनाउँदैछौँ।”

दर्जन बढी विद्यालय प्रभावित, करोडौँको क्षति

त्रिशूली नदीको बाढीबाट सबैभन्दा बढी प्रभावित विदुर नगर क्षेत्रका ८३ मध्ये एक दर्जन विद्यालय प्रत्यक्ष रूपमा प्रभावित भएका छन्।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।