बाढी प्रभावित बालबालिकाको तस्बिर तथा भिडियो सार्वजनिक नगर्न आग्रह

काठमाडौँ । राष्ट्रिय बाल अधिकार परिषद्ले भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट पीडित तथा प्रभावित बालबालिकाको तस्बिर र भिडियो सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा सार्वजनिक नगर्न आग्रह गरेको छ ।

परिषद्ले उद्धार, राहत, सहयोग तथा अन्य सेवा उपलब्ध गराउने क्रममा खिचिएका बालबालिकाका तस्बिर तथा भिडियो फेसबुक, म्यासेन्जर, युट्युब, टिकटक, इन्स्टाग्रामलगायत सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा पोस्ट वा प्रसारण नगर्न अपिल गरेको हो ।

बालबालिकाको गोपनीयता, मर्यादा र अधिकारको सम्मान गर्दै उनीहरूको तस्बिर तथा भिडियो सार्वजनिक नगर्न परिषद्ले व्यक्ति तथा सम्बन्धित सबै संघसंस्थालाई आग्रह गरेको छ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।