रुकुमपूर्वको सिस्नेमा जिप दुर्घटना : दुई जना गम्भीरसहित आठ घाइते

काठमाडौं, १६ भदौ । रुकुमपूर्वको सिस्ने गाउँपालिका–८ स्थित स्यालापाखा सडक खण्डमा मङ्गलबार बिहान जिप दुर्घटना हुँदा आठ जना घाइते भएका छन्।

रुकुमपूर्वका प्रहरी नायब उपरीक्षक (डीएसपी) खुमानन्द पाण्डेका अनुसार लाम्फाकोटबाट रुकुमपश्चिमको खलङ्गातर्फ जाँदै गरेको भे १ ज ६०४५ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको हो।

दुर्घटनामा परी घाइते भएका सबै आठ जनालाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको छ। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।