काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सचिवालयको आकस्मिक बैठक बोलाएका छन् ।
भोटेकोशीमा आएको बाढीपछि ओलीले आज दिउँसो ३ बजेदेखि पार्टी कार्यालयमा बस्ने गरि बैठक बोलाएका हुन् । ओलीले यसअघि पार्टीका नेता कार्यकर्तालाई स्थानीय प्रशासनसँग सहकार्य गरेर राहत र उद्धारमा जुट्न निर्देशन दिएका थिए ।

