नेप्सेमा सामान्य गिरावट, ३ अर्ब २९ करोडको कारोबार

काठमाडौँ । नेप्सेमा सामान्य गिरावट आएको छ । आज बुधबार नेप्से ०.२६ अंकले घटेर २६२२.२२ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३४६ कम्पनिका ९५ लाख ८ हजार ८८२ कित्ता शेयर ३ अर्ब २९ करोड ८० लाख १९ हजार ५७१ मा कारोबार भएको थियो । आज बैंकिंग, हाइड्रो, निर्जीव बीमा, अन्य र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

आज, सबैभन्दा बढी  माउन्ट एभरेष्ट पावरको शेयर १४.९९ प्रतिशतले बढेको छ भने सर्वोत्तम पेन्ट्सको शेयर १४.९८ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी मनकामना इन्जिनियरिंग हाइड्रोको शेयर ८.४५ प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबै भन्दा बढी सहस उर्जाको १७ करोड ५२ लाख बराबरको कारोबार भएको छ भने सोलु हाइड्रोको १६ करोड ८८ लाख बराबरको कारोबार भएको छ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।