काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार सुन तोलाको २७ सयले घटेर तोलाको ३ लाख ४ हजार १ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको ३ लाख ६ हजार ८ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मुल्य भने घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १६० रुपैयाँले घटेर तोलाको ४५९५ मा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको ४७५५ मा कारोबार भएको थियो ।

