बालकुमारीस्थित छात्रावासमा खानामा किरा: ३ लाख जरिवाना, छात्रावास सिलबन्दी

काठमाडौँ । बालकुमारीस्थित ‘न्यु फेमिलि गर्ल्स होस्टेल’मा खानामा किरा भेटिएपछि ३ लाख जरिवाना गरिएको र छात्रावास सिलबन्दी गरिएको छ ।

खानामा किरा भेटिएको र छात्रालाई धम्की दिइएको भन्ने गुनासो सामाजिक सञ्जालमार्फत प्राप्त भएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँ र प्रहरी प्रभाग कोटेश्वरको संयुक्त टोलीले छात्रावासमा अनुगमन गर्दा सरसफाइको अवस्था कमजोर रहेको तथा खाद्य सामग्री अस्वस्थ अवस्थामा राखिएको पाइएको प्रहरीले बताएको छ ।

अनुगमनका क्रममा प्रचलित कानुनबमोजिम छात्रावास सञ्चालकलाई ३ लाख रुपैयाँ जरिवाना गरिएको र छात्रावासलाई सिलबन्दी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।