आशिका तामाङले संसदको बैठक छोडेर हिडेपछि…

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले संसदको बैठक छोडेर हिडेकी छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा पराष्ट्रमन्त्री शिशिर खनाललाई प्रश्न सोध्न नपाएपछि उठेर बोलिरहेकी तामाङलाई सभामुख डिपी अर्यालले संसदको मर्यादा कायम गर्न भनेपछि रिसाएर संसदको बैठक छोडेर हिडेकी हुन् ।

बैठकमा परराष्ट्रमन्त्री खनालले संसदमा यसअघि तामाङले नै उठाएको विषय कम्बोडियामा मृत्यु भएका धादिङका सन्तोष राईको शव नेपाल ल्याउन भइरहेको पहल र कानुनी अड्चन बारे जवाफ दिएका थिए ।

सांसद तामाङले सोमबारको बैठकमा यो प्रश्न सरकारलाई सोधेर उठेर विरोध गर्ने बताएपछि सभामुख अर्यालले तीन दिनभित्र जवाफ दिन सरकारलाई रुलिङ गरेका थिए ।

तर आजको बैठकमा मन्त्री खनालको जवाफमाथि प्रश्न गर्न खोजेपछि सभामुखले त्यस्तो व्यवस्था नरहेको र मर्यादामा बस्न सचेत गराएपछि उनी उठेर हिडेकी थिइन् ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।