बुटवल, १ भदौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत प्राप्त गरेका छन ।
सोमबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री आचार्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ४५ मतसहित उनको पद जोगिन पुगेको छ। आज भएको मतदानमा उनको बिपक्षमा २६ मत मात्रै परेको थियो ।
प्रदेश सभामा कायम ८३ सदस्यमध्ये ७१ जना सांसद मतदान प्रक्रियामा सहभागी भएका थिए, जसमध्ये उनले ४५ मत प्राप्त गरेको हुन । जसअनुसार आचार्यलाई एमालेका २९, नेकपाका १२ मध्ये ११, जसपा नेपालका ५ मध्ये ४ र जनमोर्चाको १ मत आएको हो।
मुख्यमन्त्री आचार्यलाई नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी नेपालले विश्वासको मत दिएका छन्। समाजवादीले केन्द्रिय निर्देशन अस्विकार गर्दै मुख्यमन्त्री आचार्यको पक्षमा मतदान गरेका हुन । आजको मतदान प्रकियामा ८ सांसद अनुपस्थित थिए ।

