विश्वासको मत नलिइ बागमती मुख्यमन्त्री बानियाँले दिए राजिनामा

हेटौंडा, १ भदौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले राजिनामा दिएका छन् ।

सोमबार दिउँसो १ बजे बस्ने प्रदेश सभाको बैठकमा बानियाँले विश्वासको मत लिने तयारी गरे पनि सो मत नपाउने भए पछि उनले विश्वासको मत नलिइ राजिनामाको बाटो अपनाएका हुन ।  

नेकपा एमालेका मन्त्रीहरूले राजीनामा दिएर समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेका मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिने जनाएका थिए। जस अनुसार अल्पमतमा परेका मुख्यमन्त्रीले ३० दिन भित्र प्रदेश सभाबाट बहुमत सदस्यको विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुसार आज विश्वासको मत लिन लागेको जानकारी दिएका थिए ।

तर, १२ सिट भएको राप्रपाले तटस्थ बस्ने निर्णय लिए पछि अप्ठयारोमा परेका बानियाँ अन्ततः राजिनामा दिन बिवश भएका हुन ।

बागमती प्रदेश सभामा हाल १०४ सदस्य छन्। अब आफ्नो सरकार टिकाउनका लागि बानियाँलाई कम्तीमा ५३ सांसदको समर्थन आवश्यक पर्छ। तर एमालेले समर्थन फिर्ता लिएसँगै कांग्रेससँग ३६ सांसद मात्रै बाँकी रहेका थियो हाम्रो नेपाली पार्टी (हानेपा) को थप २ सिटसहित बानियाँसँग अब मात्र ३८ सिट मात्रै कायम थियो ।

बहुमत पु¥याउन थप १५ सांसद आवश्यक पर्ने भए पनि मुख्यमन्त्री बानियाँले  एमाले र बाहेकका दलसँग छलफल अघि बढाए पनि निष्षकर्षमा पुग्न सकेको थिएन । तर, कांग्रेस र बामपन्थी दुवैतिर नखुलेका राप्रपाको १२ र नेमकिपाको ३ सिट रहेको छ, दुवै दलले समर्थन नगरे पछि बानियाँ सरकार नटिक्ने पछि राजिनामाको बाटो अपनाइएको हो । 
 

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।