बर्दिया । बर्दियामा आफ्नै बुवाको कुटपिट गरी हत्या गरेको आरोपमा १९ वर्षीय छोरा पक्राउ परेका छन्।
गेरुवा गाउँपालिका–५ जुगुतपुरका सरगम आचार्यले आफ्नै बुवा करिब ४९ वर्षीय टेकराज उपाध्यायलाई घरको कोठामा कुटपिट गरेको प्रहरीले जनाएको छ । कुटपिटबाट टेकराजको घटनास्थलमै मृत्यु भएको थियो । घटनापछि प्रहरीले सरगमलाई नियन्त्रणमा लिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

