चितवनमा एक पुरुषलाई आक्रमण गर्ने बाघ नियन्त्रणमा

एभरेष्ट न्यूज एजेन्सी,

चितवन । चितवनको राप्ती नगरपालिका–१ डिपाट बस्तीमा बाघको आक्रमणबाट स्थानीय ६० वर्षीय ठाकुर अधिकारी घाइते भएका छन्।

आइतबार बिहान करिब ६: ४० बजे बस्तीमा आएको बाघले अधिकारीलाई आक्रमण गर्दा उनको तिघ्रामा सामान्य चोट लागेको हो । घाइते अधिकारीको भरतपुर सरकारी अस्पतालमा उपचार भइरहेको छ ।

बाघले सोही स्थानकी दिला कुमारी तामाङको गोठमा बाँधिएको गाईलाई समेत आक्रमण गरी सामान्य घाइते बनाएको छ ।

बाघ नियन्त्रणका लागि चितवन राष्ट्रिय निकुञ्जबाट हात्तीसहित खटिएको टोलीले खोजी गर्ने क्रममा बिहान करिब साढे ११ बजे बाघलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।