काठमाडौं, २६ साउन । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि जारी रहने भएको छ।
सानेपा, ललितपुरस्थित बीपी स्मृति भवनमा उक्त बैठक बिहान ११ः३० बजेवाट सुरू हुदैँछ ।
गत आइतबारदेखि सुरु भएको बैठकमा समसामयिक राजनीतिक, आर्थिक तथा जनजीविकासँग सम्बन्धित विषयहरूमाथि छलफल जारी रहेको छ।
हिजो अर्थात सोमबारको बैठकमा २२ जना केन्द्रीय सदस्यले आ–आफ्नो धारणा राखिसकेका छन भने आज थप केन्द्रिय सदस्यहरूले आ आफ्नो धारणा राख्ने कार्य जारी रहनेछ ।
जारी बैठकमा देहाय बमोजिमको अजेन्डामा छलफल भइरहेको छः
जसअनुसार याे पटक केन्द्रिय समितिकाे बैठकमा निम्न अजेन्डामाथी छलफल भइरहेकाे छ ।
१. पार्टीको १५ औं महाधिवेशन सम्बन्धमाः
– १५ औं महाधिवेशन तयारीका सम्बन्धमा
– नियमावली र निर्वाचन निर्देशिका सम्बन्धमा
– सदस्यता अद्यावधिक र वितरण सम्बन्धमा
– महाधिवेशन तयारी समिति गठन सम्बन्धमा
– विधान मस्यौदा समिति गठन सम्बन्धमा
– प्रचार प्रसार, भोजन तथा आवास, मञ्च व्यवस्थापन लगायतका उपसमिति गठन सम्बन्धमा
– केन्द्रीय कार्यसम्पादन समितिका निर्णय अनुमोदन सम्बन्धमा ।
२. पछिल्लो समयमा
तराई मधेशमा भएका घटनाक्रम र सामाजिक सद्भाव कायम गर्ने सम्बन्धमा ।
३. सरकारका १०० दिन, तत् पश्चातका गतिविधि र प्रमुख प्रतिपक्ष दलका रूपमा संसद र संसद बाहिर पार्टीको भूमिकाकाे सम्बन्धमा ।
४. प्रदेश सरकारका
सन्दर्भमा विकसित राजनीतिक परिस्थिति सम्बन्धमा ।
५. सदस्यता
व्यवस्थापन केन्द्रीय समितिको निर्णय अनुमोदन सम्बन्धमा ।
६. नेपाली जनसम्पर्क समिति सम्बन्धमा ।
७. समसामयिक विषय ।
८. भ्रातृ संस्थाहरूको विधान सम्बन्धमा ।

