परराष्ट्रमन्त्री खनालले संसदमा भने- सुगौली सन्धिको औपचारिक दस्ताबेज सरकारसँग भए नभएको यकिन छैन

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले बेलायतसँग भएको १८१६ को सुगौली सन्धि र भारतसँग भएको १९५० को नेपाल-भारतमैत्री सन्धिका औपचारिक सम्झौताको रेकर्ड सरकारसँग भए नभएको यकिन नभएको बताएका छन् । 

सोमबारको प्रतिनिधिसभाको बैठकमा कांग्रेस सांसद निश्कल राईले सोधेको प्रश्नको जवाफ दिनेक्रममा मन्त्री खनालले बेलायतसँगको १८१६ को सुगौली सन्धि र भारतसँगको १९५० को नेपाल-भारत मैत्री सन्धिको रेकर्ड भए नभएको यकिन नभएको बताएका हुन् । 

उनले जवाफ दिदै भने- ‘मेरो जानकारीमा आएअनुसार हामीसँग १८१६ को सुगौली सन्धि र १९५० सँग सम्बन्धित केही दस्ताबेजहरू छन् । तर, सन्धिको औपचारिक दस्ताबेज छन् या छैनन् भन्ने नेपाल सरकारसँग एकीन जानकारी छैन ।’ 

उनले राष्ट्रिय अभिलेखालयमा केहि दस्ताबेजहरू रहेको जानकारी भए पनि ती सम्झौताका औपचारिक रेकर्ड हुन् या होइनन् भन्ने हालसम्म यकिन नभएको बताए ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।