हेटौँडा कपडा उद्योगका लागि कच्चा पदार्थ स्वदेशमै उत्पादन गर्न कुलमानको सरकारलाई ध्यानाकर्षण

काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले हेटौँडा कपडा उद्योगका लागि आवश्यक कच्चा पदार्थ स्वदेशमै उत्पादन गर्ने विषयमा पनि सरकारले ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका छन् ।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै अध्यक्ष घिसिङले उद्योग सञ्चालनमा ल्याएकोमा नेपाल सरकार र नेपाली सेनालाई धन्यवाद दिदै कपडा उद्योगका लागि आवश्यक कच्चा पदार्थ स्वदेशमै उत्पादन गर्ने विषयमा पनि सरकारले ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका हुन् ।

उनले उद्योगलाई दीर्घकालीन रूपमा प्रभावकारी र व्यवस्थित ढंगले सञ्चालन गर्न निजी क्षेत्रलाई समेत साझेदारीमा ल्याउन आवश्यक रहेको बताउदै उनले उद्योगको दिगो सञ्चालनका लागि सरकारले यस विषयमा पनि ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।