प्रधानमन्त्री शाहले एकैदिन भेटने भए भारत र चीनका राजदुतसँग

काठमाडौं, २४ साउन । प्रधानमन्त्री बालेन शाहले भोली दक्षिणी छिमेकी मुलुक भारत र उत्तरी चीनका राजदूतसँग भेटबार्ता गर्दैछन् ।

यसअघि सामुहिक मात्रै भेटबार्ता गर्ने भन्दै अलग अलग छलफल अस्विकार गर्दै आएका प्रधानमन्त्री शाहले भोली सोमवार भने दुई छिमेकी मुलुकका राजदुतसँग छुट्टाछुट्टै भेटबार्ता गर्न लागेका हुन ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री शाहले सोमबार बिहान ११ः०० बजे नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग भेट गर्ने कार्यक्रम तय भएको छ भने सोमवार दिउँसो नै ३ः०० बजे नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङसँग भेट गर्ने कार्यतालिका रहेको छ ।

गत मार्च २७ मा प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिएका शाहले पदभार ग्रहण गरेको चार महिनापछि यी दुई देशका राजदूतहरूसँग भेट गर्न लागेका हुन्।

यसअघि, अप्रिल ८ मा प्रधानमन्त्री शाहले नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेटवार्ता भने गरेका थिए।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।