नेप्सेमा १३.८२ अंकको गिरावट, ४ अर्ब ६२ करोडको कारोबार

काठमाडौँ । नेप्सेमा आज दोहोरो अंकको गिरावट आएको छ । आज विहिबार नेप्से १३.८२ अंकले घटेर २६५४.१५ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३४७ कम्पनिका एक करोड ८ लाख ४ हजार ४२६ कित्ता शेयर ४ अर्ब ६२ करोड २७ लाख ७७ हजार ४४२ मा कारोबार भएको थियो । आज ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

आज, सबैभन्दा बढी अपार लोहोरे खोला हाइड्रोको शेयरमा सकारात्मक सर्किट लागेको छ कलंगा हाइड्रोको शेयर ४.६२ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी एलएस होराइजन १२ को शेयर ६.५ प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबै भन्दा बढी रिडी पावरको ४७ करोड २४ लाख बराबरको कारोबार भएको छ भने अन्खु खोला जलविद्युतको २६ करोड ५९ लाख बराबरको कारोबार भएको छ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।